बदाम र घाम !

सुरज पोख्रेल २०७८ माघ २ गते ०:३५ मा प्रकाशित

घाम न्यानो लागेको थियो । एक हप्तापछी घामको किरण देखिंदा रमाईलो नलाग्ने कुरै आएन ।आज उनको छुट्टी । हामी एउटै कोठामा थियौँ । म टेलीभिजन हेर्न सहज हुनेगरी सोफा मा खुट्टा पसारेर बसेको थिए । ठ्याक्कै सोफा पछाडी गलैंचामा उनी सुतेकी थीईन।उनी बोलेको मैले सुनीरहेको थिएँ। “आहा आज त कस्तो मिठो घाम लागेको छ । कस्तो रमाईलो । आउ! तिमीपनी घाममा पल्ट ।” मलाई घामको प्रलोभनमा पार्न खोजीन । उनलाई असाध्यै घामको लोभ लाग्छ । “तिमी सुत, मलाई ७ दिउँसो खासै सुत्न मन लाग्दैन ।” म सोफाबाट हलचल नै नगरी बोले । सोफामै बसें ।

फिल्म हेर्न सुर गरौं। “तिमी जे सुकै गर, म सुतें ।” यसो भन्दै उनले हाम्रो भद्र मौखीक सहमतीलाई बीट् मारीन । 

सुतीन। 

निदाईन । निदाउनु अगाडी म यही थिए । घाममा पल्टीने चाँजो-पाँजो मिलाउन मैले पनी सहयोग गरे । उनी सोफा र टिभी को बिच ओहोर-दोहोर गर्न सहजताको लागी बिछ्याईएको गलैंचा भएतिर गईन् । टेबलको खुट्टा टेकाउनु अगाडी आँखाले भुईको नाप-जाँच गरीन । ढोका खोल्दा नठोक्कीने हिसाबमा गलैंचा माथीको टेबललाई सारीन । लगत्तै गलैंचाको एउटा चोसो समातेर घिसार्दै सोफा पछाडी पुर्याईन।अगाडीको भाग खाली भयो। आफ्नै सुरमा “Pushpa- The Rise” film कसरी हेर्न मिल्छ भनेर तिकडम लगाउँदै थिए।लाग्यो। फिल्म सुरु गरें। 

सोफा बिच्चमा राखेर त हो नी।पैले कती सजीलो थियो।यताको गलैंचा फुत्त उता सार्यो।सुत्यो।मलाई दु:,हैरनी।कत्तीन सोफा बिच्चमा तेाएर ! हुँ!” हामी गफ्फी रहन्छौँ ।उनी सन्दर्भ खोजीरहेकी थीइन । 

“ल ल म सहयोग गरीदिन्छु मेरी फुलन्दास।ठुस्स रोटी फुले जस्तो फुली हाल्नु पर्ने।तिम्ले रोटी हाल्दा त पापड जस्तो हुन्छ त ।यसरी नै फुले पो अली नरम हुन्थ्यो रोटीपनि ।यती गर्न पनि।त्यो गलैंचा बेरेर लाग्दा सजिलो होला कि !” Film pause गएँ।गलैंचा तानेर सोफा पछाडी नै पुगी सकेको थियो। चप्पल नलगाई टेक्न मन लागेन।चप्पल राखेको ठाउँमा हेरें।देखीन।भुईंमा गलैंचा छैन। “मेरो चप्पल फेरी तिमीले लग्यौ।हैन तिम्रो मैले नबुझेको कुरा – शौचालय बस्दा चप्पल फुकाल्ने कहाँको चलन रहेछ ?अमेरिकामा शौचालय जाँदा चप्पल फुकालेर जाने । अनी खाली खुट्टा बाहीरसम्म आउने।त्यसपछी मेरै चप्पल लगाउने! की के हो बरै ?” उनको मतीर फर्केको हेराईले नै मैले लख का उनलाई मेरो ठट्टा पचेन।उनी रिसाउने तरीका किसीम-कीसीमका छन।यो किसीम खासै डराउनु पर्ने प्रकृतीको हैन।र पनि तत्काल नै अनलाइन चाट  को हाँसो हाँस्दै “सरी ! सरी !! हि हि हि” भनें।म सोफा बाट उठेर उनलाई घाममा सुत्ने ओछ्यान मिलाईदीन आएकोमा खुसी थीईन।उनको हाउभाउमै देखिन्थ्यो। 

“कत्तीन उसको चप्पल लगायो भन्दैमा बढी बोल्नु पर्छ ?” चप्पल दिईन। भुईको चिसोले खुट्टा आत्तीयो।चारैतीर आँखा डुलाईन।चप्पल देखीनन्।चिसोले हुटहुटी लगायो। आफ्नो चप्पल कता छ खोज्दै हिडौँन।भेटीएन।अर्को कुना बाट “चप्पल खै के मेरो ?” म नबोली बसें।मेरो जवाफ नआएपछी मलाई देखिने ठाउँसम्म आईन्।मतीर दोषी नजरले हेरीन।त्यही उभीईन्।म केही नबोली सुनेको नसुने झै गरौं। फेरी दोहो-याईन “मेरो चप्पल देख्यौ ?” हाँसो रोकें । उनलाई हेर्दै नहेरी बोलें । “अब तिम्रो चप्पल, न मलाई ठीक होस।त्यै पनी तिमी शौचालय जाँदा,खाना बनाउँदा चप्पल फुकाल्दै जान्छ्यौत्यतै होला नी । छैन ?” म जिस्क्याउँदै थिएँ। 

उनलाई विश्वास भयो – चप्पल उनले राखेर बिर्सेको हैन।लुकाईदीने काम भएको हो। “ह्या ।मैले कैले चप्पल खोलेर खाना बनाएँ।(रिसाए जस्तै गरीन्) आज मेरो बिदाको दिन मिठो खाना बनाएर खुवाउने बिचार पनि हरायो।सक्दीन म।धेरै रीस नउठाउ ।” ” चप्पल जती नै खोजेपनी नभेटीने बुझीन्।खासमा चप्पल म बसेकै सोफा मुनी थिए।सबै ध्यान घाम तिरै केन्द्रीत गरीन।विस्तारै ठुलोबाट सानो झ्यालतीर घाम सर्दै थियो।ठुलो झ्यालबाट पस्ने घामको मज्जा लीन उनलाई जो’ हतारो थियो“ओहो कताबाट एक्कासी माया पलायो नी। राजालाई।” कुर्सी भित्तामा टँस्साउँदै भनीन्।उनी फुर्कीदै पुलकीत को उनको लवाजमै झल्कीन्थ्यो। 

“तिमी माथीबाट समात ।” उनी माथी मानेर कार्पेट्को माथी समाईन।मैले आफु भएपट्टी तल मानेर अर्को पट्टी समातें।गलैंचा जुरुक्क उठयो ।”X” र “Y” को हिंसाब मानेर मिलेको जस्तै मिल्यो – गलैंचा।गलैंचा भुईसँग टाँस्सीयो।“कती फोहोर होला यसमा।” जिस्कौदै भनें।“भो-भो तिमी आउनु अगाडी भ्याकुम लगाएको मैले ! त्यसरी हेपेर नभन्। लिखितमको अगाडी बखतम चल्दैन! भोली तिनै अगाडी सफा गर्छ । भयो ?” 

असहमतीमा आक्रोसको झिल्का छ की छैन भनेर उनको मुख मुद्रा हेरें।’रिसाउने तरखरमा छिन्।’ भन्ने बुझ मलाई गाह्रो परेन।प्रसंग बदल्नु उचीत ठानें।“अनी यत्तीकै सुत्ने। घाम सेलाउने बेला भैसक्यो । अब, तिम्रो उसी-उसीले घाम ओसिन्छ ।” मुखबाट फुत्त निक्लेपछी सम्झें । उनलाई मन नपर्ने शब्दहरू मध्य “उसी-उसी” एक हो ।कुनैबेला मैले प्रयोग गर्दा उनको सधै दोहोरीने जवाफ “कहील्यै घर नछाडेको दुई वर्षसम्म एक्लै अपार्टमेन्टमा पहीलोपल्ट बसें । पकाएर खाएकै छु ।  काम गरेक’इ छु । कसैले कठै भनेर मेरो काम घटेको छैन ।” यती सम्झे । म चुपचाप भए ।। उनले खाली ठाउँ भर्न बोलीन “भो-भो यो नाथे कुर्सी सारेर… हामी आँफै पनि ओछ्यान लगाएर सुत्न सक्छौँ। तिम्रो फिल्म सके भई गयो नी | फिल्म हेर ।” उनलाई सुत्न मिल्ने ठाउँ बनाउन सहयोग गर्दै पनी थिएँ तन्नाको एकापट्टीको टुप्पो उनीतीर फ्याऊँ , उनले वास्ता गरीनन् । छेवैमा गएर “यो समाउ । म यता बाट मिलाईदिन्छु ।” भनें । दुवैले दुवै हात फैलाएर गलैंचा भरीयो । तन्नाले । भुई सुतौँ-सुतौँ लाग्ने बन्दै गयो । 

सुतीन । 

“लाउ पानी। 

घाममा राख। उठ्दा खरो भा’को हुन्छ।हुन त तिमीलाई राती राती मात्र खरो हुन्छ।” म जिस्कौँदै थिए।हाँस्दै थिए।पानी घामपट्टी मैले नै राखीदीए।“हावा मान्छे।म त सुतें।” भन्दै तन्ना माथी ओछ्याएको पातलो ब्ल्यांकेट माथी सुतीन्।पल्टीने वित्तिकै आँखा चिम्म गर्दै घामको भरपूर आनन्द लिन थालीन।उनी त्यो घाम र लचकदार कार्पेटमा फुस्सै निदाउने छीन।उनको घाम देखेपछीको मेहेनत थोरै थिएन।घामले जादु गरे जस्तै – फुस्स निदाईन ।। 

फ्लाइट  आउँदाचर्को स्वर ।पृष्ठभुमीमा बजेको आवाजले disturb गर्दो रहेछ।मैले सानो पारे जस्तो लाग्थ्यो। “अली सानो बनाउ न, कृपया !” उनी बोलेको सुने।भुईमा वचन खस्न नपाउँदै सानो स्वर  गरी हालें।फिल्म मा तरह-तरहको दृष्य आईरहेको थियो । जे होस कथा चाखलाग्दो बन्दै थियो । मलाई घाम कता पुग्यो भनेर लेखाजोखा राख्नु नै थिएन । अफसोच, फिल्म को interesting part आईपुग्दा उनलाई घामले छोडेछफेरी त्यो ठाउँमा घाम रहुन्जेलमात्र न्यानो हुने हो ।जब घाम जान्छ पुरै सेपीलो हुन्छ।चिसो स्याँठ कताबाट घुसेर पुरै तातेको शरीर ओस्सीनु 

गाडी ब्युझीन् । फिल्म सक्कीन ठ्याक्कै १५ मिनट बाँकी थियो । 

“तिमीलाई त्यै मद्रासी फिल्म भए पुग्ने रैछ । कत्ती’न ! म काममा हुँदा त “I miss you baby!” 

देख्दै छु ! के हो बिस्तारै थाहा हुँदै छ । मेरै बिदाको  दिन त मलाई समय दिए हुन्न ?” “Pushpa – The Rise” फिल्ममा रश्मीका मन्दानाको कडा त के किलर लुक्स मा बास्तविक घुमीरहेको थियो । (दृष्य ; दुबै कुम हल्लाउँदै- तुलानात्मक रूपमा एकापट्टीको कुम अली माथी सार्दै – छड्के आँखाले अलीकती मुण्टो मर्काउने र हत्केला उल्टो पारेर चीउँडो पुछने!) रश्मीका मन्दानावाला गज्जब दृष्य ठ्याक्कै चलीरहेको थियो। यो टिक टकको दृष्य , युट्युवमा खुबै चर्चा छ । मैले यो दृष्य अटेर गरेर नै हेरें । सकें | टिभी बाट उनले बोलेको कुरामा तुरुन्तै ध्यान घुमाए । हुन पनी हो । उनको day off को बेलामा नै मैले मद्रासी फिल्म हेर्नुपर्ने ? उनले तेस्र्याएको प्रश्न समय सान्दर्भीक भयो । म अवाक भए । घडीतीर आँखा डुलाएँ । भोक लाग्ने बेला भयो । घरमै दिनभरी कामै नगरी सुतेर बसे पनी भोकले आफ्नु काम छोडदैन । भोकको समयमा भोक लाग्छ । अब यो North-south movie को चक्कर मा लाग्नु हुँदैन I Remote control थी | फिल्म झ्याप्प बन्द भयो। “तिम्रो कहील्यै नसकीने फिल्म! ब्युझीए ।” छेउको पानी पीईन । मुखमा पानी पर्ने बित्तिकै उनले मुख बनाईन् । 

“घामले आफुलाई मात्रै न्यानो बनाएछ । बोतलको पानी तताउन बीर्सीएछ ।” मेरो कुरालाई वेवास्ता गर्दै उनले सोधीन । “तिमीले थर्मस को पानी यसमा राखेको हो कि फिल्टर  को ?” 

उनलाई चीसो पानीले जीब्रोमात्र हैन जम्मै दाँतलाई चीस्याउन भ्याएछ । मस्त निदाएर ब्युझिनासाथ परेको चिसो पानीले उनको बिचार राम्रो हुने त कुरै भएन । एकापट्टीको गाला र आँखा खुम्च्याईन । यसो गर्दा मुखको एउटा कुनापट्टी सानो प्वाल बन्यो । त्यही प्वालबाट मुख भीत्र हावा तानीन । यसो गर्दा बाहीरको अली न्यानो हावा दाँतमा ठोक्कीयो । एकातर्फबाट हावा मुखभीत्र खटाउँदै पठाईन । दाँतलाई सीतल बनाउने न्यानो हावा । यो प्रक्रीया केही बेर चलीरहयो । 

दाँतमा ठोक्कीएर शब्द ओस्सीने भएर होला हावाले दाँतलाई अली न्यानो बनाईन् । जीब्रो शरीरकै सबै भन्दा छीटो न्यानो हुने अंग हो जस्तो लाग्छ । जीब्रो दाँतको वरीपरी डुलाईन् । जीब्रोले दाँत लीप्दा जीब्रो चीसो भयो । “कस्तो चीसो ।“न्यानो दाँतमा ठोक्कीएर निक्लीने वाणी नै मीठो ।” मैले जिस्क्याए । “म toilet जान्छु । ऐया नी ! कस्तो कुर्कुच्चा दुखेको । करकर् खा’छ भन्या । ज्यान पनि त्यस्तै दुखेको छ । दुई दिन काम गरेपछी त एक दिनले आराम नै पुग्दैन् ।” आफैंसँग बोल्दै उठीन । उनलाई मेरो ध्यान सँग मतलब भएन | आङ्ग तन्काईन । उठीन । 

“कती सताउन सक्ने होला ? ई यो चप्पल कहाँबाट आयो भखरै ?” म भएतीर सोफामा आईन् । मैले उनको हातलाई च्याप्प समाते । पाखुरा हलचल नहुने गरेर कसें । काउकुती लगाईदीए । उनी भुतुक्कै भईन हाँसेर । उनलाई यसो औंलाको टुप्पोले छोईदिनु मात्र पर्छ हुरुक्कै हुन्छीन – हाँसेर । “बदाम खाउँ ।” भोक लाग्ने क्रम बढ्दो थियो । के खाउँ र कसो गरु भै सकेको थियो । भोकले टिप्पा नै खेलाउँछ मलाई त झन । उनलाई भोक नलाग्ने कुरै भएन । गलैंचा माथी बस्यौँ । Blanket sofa माथी राखें । बदामको पोको सङ्गै चिप्स र कुकिजका पोका पनि ल्याएँ।सबैभन्दा सुरुमा बदामको पोको खोलेर उनको अगाडी राखीदिएँ।खोस्टा राख्न अर्को पोलथीन छेउमा राखें ।। “ईइ यो बदम त कती नमीठो ।” मुख बिगार्दै उनले भनीन् । “हो र ? अनी तिमीले पहीले नै ल्या’को रहेछौ।एक प्याकेट बदाम। मैले त्यो पनी यसैमा मिसाईदीएँ।अस्ती सफा गर्दा भेटेको।” मेरो कर्तुत सुन्ने बित्तीकै उनको आँखा र नीधार खुम्च्यो । पुरै बिरोधको धर्सा पो नीधारमा 

देख्छु ! 

“हात्ती चले बजार तो कुत्ता भुके हजार! अचम्ममा तिमी – कती स्मार्ट म भनेर।अब पुरानो न’ नयाँ सबै एक साथ सकीन्छ ।” सँगसँगै म पनी बदाम छोडाएर क्वाप्प मुखमा हालें । कलवीष ! कती नमीठो।मुख पुरै बिगारीदीने स्वाद।अब म केही नबोली मिठो बदामको खोजीमा लागें।अर्को पनि त्यस्तै।लौ फसाद।जुन खायो त्यो उस्तै पर्छ। 

“फेरी बदाम चपाएर पुरै मुखभरी घुमेपछी मात्रै मिठो की नमीठो थाहा हुने।” फेरी अर्को पनी उनैलाई नमीठो परेछ।मेरो पनी मुखमा उही बारीको बदाम परेको थियो ।तर भD कसरी । पीडीत भएपनी गल्ती गर्ने मै हुँ । बोल्नै ठाउँ नै बाँकी थीएन। 

“सोच्दै नसोची किन मिसाएको के ? तिम्रो यो ताजा खानामा बासी खाना मिसाउने बानी को करामत।मलाई त पटक्कै चित्त बुझ्दैन।साझी खानामा ठ्याँस्स बासी खाना मिसाएर खानाको स्वाद नै जान्छ।यही हुन्छ।हात्ती चले बजार तो कुत्ता भुके हजार ! देखीयो हजार की लाख ! अब त थाहा भयो होला की सरकारलाई !” “खुब जान्ने हुनुपर्ने के ।” पुरानो बदाम मुखमा पर्ने वित्तीकै केही न केही भन्न थालीन्।“लाउ त यो मिठो छ।” उनी भन्दा छीटो बदाम फुटाएर एक पोटी खाने मिठो भए उनलाई दीने गर्न थालें । “ई घुन पनि रहेछ।’ उनले मतीर हात लम्क्याएर देखाउन लाग्दै थीईन।उनले घुन हो की हैन भनेर निर्णय गर्नु अगाडीनै मैले प्लास्टिक मा खोस्टा र बदम खसालीदीए ।मिसाईदीए । “हैन अनी छुट्टै पोको-पोका बनाएर किन राख्ने भनेर त मिसाईदीएको नयाँमा ।” जे गरेको हो त्यही भने । “ह्या जान्ने धेरै के । म त खान्न ।” धैर्यताले सीमा नै नाघ्यो उनको। 

यही बेला उनको मुखामा मैले चिप्स राखीदिए | चिप्स उस्तै नुनीलो परेछ । त्यसमाथी BBQ flavour | “छी: म खाना मलाई यो fगन्ध वाँस्स गन्हाउँछ । तिमी नै खाउ ।” “ल यो कुकिज खाउ न त ।” “मलाई बदाम खान मन छ ।” “ल । हुन्छ । भईहाल्छ नी ।” “बरू यो कसरी चिन्ने थाहा पाउन पाएपनि हुने ।” मुखै नमीठो हुँदा हुँदा उनी दिक्क भईन । नमीठो बदामको खोस्टा जम्मा पारीन । मिठो स्वाद भएको बदामको पनी खोस्टा छुट्टै जम्मा परीन । छुट्याउने तरकीब सोचीन । “लाउ त यो मिठो छ । उस्ले गल्ती गरेपछी त ढुङ्गो बोल्ला बरू… । मैले तरकारीमा नुन नै नहुँदा समेत नबोली खाँदै बसेको देख्दा थाहा पाएको थिएँ ।” घाम अर्को झ्यालमा सरीसकेको थियो । विरबलको खिचडी पकाएको कथा भयो । पल्लो झ्यालको पार ताप्दै 

ल्लो झ्याल अगाडी बसेर कुहीएको बदाम बाट नयाँ बदाम खोजेर खाने challenge | “केही त सोच्नै पयो । ओ:हो । म यो बदाम खान सक्तीन । तिमी मात्रै खाउ ।” “ए SSS! ई ! यो ढुसी परेको कालो-कालो रहेछ । हेर त ! ए ल यो छुट्याउ ।” उनले भनेको कुरा ध्यान दिएर 

सुने । चित्त बुझ्यो । बरु लुरुक्क परेर बदाम छुट्याउन थालें । “सताउन सक्ने के तिमी त ।” 

“खुसी होउ । मेरो राम्रो बिचार र धैर्यता को कदर गरिस्यो । बल्ल बदाम खाएको मज्जा आयो । सुन्तला पनी खाम न । खाम न के ! घाममा बसेर । आउ, उ त्यत्ता जाउँ घाममा ।” आर्को झ्यालपट्टी ईसारा गर्दै भनीन् । ढुसी परेको बदामको छुट्टै पोको छ । राख्न त मैले नै राखें तर कहाँ राखें ? आज फोहोर फ्याँक्न जाने बेला लगेर फ्याँक्नु पर्यो भनेर खोजेको अझै भेटेको छैन । अरू त त्यस्तै हो आज पटलग गरेर साथीहरूकोमा गएकी छीन । झुक्केर त्यही बदामको पोको त परेन ? 

जय होस । 

सुरज पोख्रेल,जर्जिया,अमेरिका

प्रतिक्रिया