हास्य कलाकार पल्पसा डंगोलको मृगौला प्रत्यारोपण माघ २६ गते

बाबा राजेश्वरी थापा भिएना,अष्ट्रिया  २०७८ माघ १ गते ११:२९ मा प्रकाशित

मेरी बास्सैकी  चम्सुरी अर्थात् नेपालकी लोकप्रिय हास्य कलाकार पल्पसा डंगोलको केहि समय देखि मृगौलामा  समस्या देखिएको छ। हालसम्म ५५ पटक उनको डायलोसिस भैसकेको छ।

स्वास्थ्यमा समस्या हुदाहुदै पनि दर्शकहरु र सहकर्मीहरुले देखेको मायाका कारण बिरामी अवस्थामा पनि उनि मेरी बास्सैमा अभिनय गरेर दर्शकलाई  मनोरंजन दिई  रहेकी छिन्।

हालसालै आफनै परिवारको सदस्यले मृगौलादान गर्ने निश्चित भए पछि उनको मृगौलाको प्रत्यारोपण गर्ने मिति तोकिएको छ।

यहि आउदो माघ २६ गते कलाकार पल्पसा डंगोलको मृगौला प्रत्यारोपणको  मिति तय भएको छ।आफ्नो उपचार खर्चको व्यवस्थापन भैसकेको तर कलाकार डंगोललाइ मृगौला दान दिने व्यक्तिलाई सहयोग गर्ने  कलाकार डंगोलको प्रबल इच्छा रहेको छ।

पर्दामा र रंगमंचमा आफ्ना लाखौ करोडौ दर्शकहरुलाई अहिले र मृगौला प्रत्यारोपण पछि पनि मनोरंजन दिन चाहन्छिन् कलाकार  डंगोल।

कलाकार  डंगोललाई जीवनदान गर्ने यी महान परोपकारी व्यक्तिलाई सहयोग गर्न चाहने महानुभाव हरुले कलाकार पल्पसा डंगोलको एभरेस्ट बैकमा रहेको खाता नम्बर 00100501002977 सिधै आर्थिक सहयोग उपलब्ध गराउन सक्नु हुन्छ र अन्य विस्तृत जानकारीको लागि टेलिफोन नम्बर 9851333669  वा 9851077254  समेत सम्पर्क गर्न सक्नु हुनेछ।

(NP1NEWS channel मा गरिएको कुराकानीको आधारमा तयार परिएको।)

बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया

प्रतिक्रिया