हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

इनेप्लिज २०७८ पुष ३० गते १२:२० मा प्रकाशित

विराटनगर,३० पुस।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ।

विराटनगर–१९ मा रहेको वैजनाथ अन्तर्राष्ट्रिय क्रिकेट मैदनामा आज भएको फाइनल खेलमा अरनिको कलेजलाई आठ विकेटले पराजित गरि कोशीले उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय २ रनको बनाएको थियो भने कोशीले १७ ओभरमा २ विकेट गुमाई लक्ष्य पुरा गरी विजयी भएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अरनिकोका अङ्कित मण्डल घोषित भएका छन् भने उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याट्सम्यान कोशीका रोहन विक घोषित भए।

गएको पुस २४ गतेदेखि शुरु भएको उक्त्त क्रिकेटमा प्रतियोगितामा हिसानमा आबद्ध १३ कलेजको सहभागि रहेको थियो।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल,मोरङ अध्यक्ष राजेश कार्की,वरिष्ठ उपाध्यक्ष अमित ढकाल र सल्लाहकार ज्ञानबहादुर खड्का लगायतले विजेता तथा उपविजेता लगायत अन्य खेलाडीलाई पुरस्कार तथा ट्रफि वितरण गर्नु भयो।

प्रतिक्रिया