निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

इनेप्लिज २०७८ पुष ३० गते ११:१८ मा प्रकाशित

काठमाडौं।निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ। बैठकमा संघीय संसद,प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ।

त्यस्ता दलहरूको संख्या १७ छ।माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ।आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।

प्रतिक्रिया