गजल :-संसार

शारदा क्षेत्री २०७८ पुष ३० गते २:४४ मा प्रकाशित

हिजो आज मैले म आफैलाई खोज्दै छु !
आफू संग नभएको जीवनलाई रोज्दै छु !!

मनले सोचेको रोजेको जस्तो पाईदैन रे !!
जिन्दगीमा हराएका चाहनालाई जोख्दै छु !!

कुनैबेला सिर लडेर मठ मन्दिरमा धाउँछ !!
यो अभागी निधार छामी भगवानलाई ढोग्दै छु !!

कति थिए कति हिजै मरेका इच्छा आकांक्षा !!
नमर्नु न बाँच्नु लाश बनी पीडालाई पोख्दै छु !!

कसरी कता बिसाउँ खै दुखका पहाडहरु !!
अस्ति अस्तिनै टुक्रिएको ह्रदयलाई भोग्दै छु !!

रचना:-शारदा क्षेत्री
चितवन भरतपुर
हाल अमेरिका न्युयोर्क ।

प्रतिक्रिया