मलाई तिमिले सोध्यो सन्चो छ……………………..

गोबिन्द राज ओझा     २०७८ पुष २९ गते ३:४२ मा प्रकाशित

 

मलाई तिमिले सोध्यो सन्चो छ कि भनेर

सधै यादमा राख्यौ मलाइ मेरी मनकि मायालु बनेर

 

तिमि बिनाको जिवन मैले कल्पना गर्न सक्दिन

दिलमा तिम्रै तस्विर राखेको छु मेटन सक्दिन

तिम्रो खुसि चाहे मैले तिमि खुसि रहनु

बेहोसिमा म ढले भने तिमिले होसमा ल्याउनु

 

मेरो लागि मेरो सामु आउनुपर्छ तिमिले

मेरो प्राप्ति तिमि नै हौ दिलकि रानि बन्नुपर्छ तिमिले

मेरो हर पलको सहयात्रि तिमि नै हौ

मेरो जिन्दगिको हरेक मोडमा साथ दिने तिमि हौ

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया