‘क्यालिसथेनिस ’ व्यायाम प्रदेशमा पहिलो पटक

इनेप्लिज २०७८ पुष २८ गते ११:३८ मा प्रकाशित

विराटनगर,२८ पुस।युवाहरुलाई खेलकूदको माध्यमबाट स्वस्थ्य एवं लागु पदार्थको द्रुब्यबशनीबाट जोगाउन ‘क्यालिसथेनिस’ व्यायाम सम्वन्धी एक दिने कार्यशाला गोष्ठीको विराटनगरमा आयोजना हुने भएको छ।

विराटनगरको टिजिआईपि जिमले आगामी माघ एक गते विश्वमा लोकप्रिय सौन्दर्य र शक्तिको प्रतिकका रुपमा लिइने ‘क्यालिसथेनिस’ शरीरको बजनको आधारमा घरमा गर्न सकिने व्यायाम भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जिमका संचालक डभिड एकेले विना कुनै उपकरण घरमा व्यवस्थित रुपमा शारीरिक अभ्यासमको माध्यमवाट गरिने यस व्यायामको युवा समुदायमा जनचेतना जागृत गराउने कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिनु भयो।

उहाँले यो व्यायाम एथलिट सैन्य कर्मचारहरुका साथै बालबालिकहरु माझ समेत लोकप्रिया बन्दै गएको र यसको माध्यमवाट शरीरलाई आकारमा राख्न मद्दत पुग्ने बताउनु भयो।

जिमका श्रीजन प्याकुरेलले काठमाण्डौ,ललितपुर र भक्तपुर पछि पहिलो पटक विराटनगरमा यस प्रकारको कार्यक्रम गर्न लागिएको र आगामी दिनमा प्रदेश नं १ का अन्य क्षेत्रमा समेत गर्ने जानकारी दिनु भयो।

गोष्ठीमा प्रदेशका ३५ जना सहभागिहरुले भाग लिने जिमका एडोलिस क्षेत्रीले बताउनु भयो।

यस व्यायामको अभ्यासले व्यक्तिको बल,शहनशिलता,लचिलोपन र शरीरका अङ्गहरु वीच समन्वयको विकास गर्ने छ।

क्यालिसथेनिस पुरातन रुपमा ग्रिसमा विकासित भएको खेल हो भने या ग्रिक शब्दवली हो।

प्रतिक्रिया