तीन महिनाको बच्चाको मृत्युपछि मध्यरातमा दमकको एडभान्स अस्पतालमा तोडफोड(भिडियोसहित)

इनेप्लिज २०७८ पुष २७ गते २३:०९ मा प्रकाशित

दमक।अस्पतालको चरम लाहापवार्हीले बालकको मृत्यु भएको भन्दै झापाको दमकस्थित एडभान्स अस्पतालमा तोडफोड गरिएको छ।उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको हो।इलामको चुलाचुलीका तीन महिनाका बालक नुदिनहाङ राईको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको छ।अहिले अस्पताल परिसर तनाबग्रस्त रहेको छ।अहिले इलाका प्रहरी कार्यालय दमकमा पीडित परिवार र अस्पताल प्रशासनबीच बार्ता चलिरहेको छ।यसअघि पनि कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो।सो क्रममा पनि अस्पताल तोडफोड भएको थियो ।

प्रतिक्रिया