लभुकथा मुखौटा

रेणु गुप्ता २०७८ पुष २७ गते ११:४१ मा प्रकाशित

 

एक छिनअघि निकै उत्साहपूर्वक उनको मन्तव्य थियो।उसको भनाइ थियो – इमानदारीपूर्वक काम गर्ने हो भने काम गर्ने वातावरण हुन्छ।सबैभन्दा पहिले म अगाडि सरेर राम्रो काम गर्नेलाई सहयोग गर्छु।

म निकै उत्साहित थिएँ।एकजना इमानदार देखिएकोमा।

एक छिनपछि फोनमा उनैले मलाई भने–काम अगाडि बढाउनू।मैले सबैसित कुरो गरिसकेको छु।अब तपाईँले धेरै देउतालाई अक्षता चढाउनु पर्दैन।सबैलाई मैले जे भन्छु त्यहीँ हुन्छ।

एउटा कुरो भने स्पष्ट पार्छु–मलाई कामको पच्चीस प्रतिशत मात्र चाहिन्छ।

सार्वजनिक मन्तव्यको मुखौटो फोनको सम्वादले उदाङ्गो पार्यो।मैले मनमनै प्रश्न गरें – उनको सक्कली अनुहार कुन हो ?

रेणु गुप्ता

रौतहट

 

 

प्रतिक्रिया