बिश्व कै शीर्ष टेनिस खेलाडी जोकोभिचको प्रवेशाज्ञा सुनुवाइ २ दिन ढिलाइ गर्न अष्ट्रेलिया सरकारको अनुरोधलाई अस्वीकार

इनेप्लिज २०७८ पुष २५ गते १८:३१ मा प्रकाशित

बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचको प्रवेशाज्ञा सुनुवाइलाई २ दिन ढिलाइ गर्न अष्ट्रेलिया सरकारको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ ।

आइतवार प्रकाशित अदालत कागजातहरू अनुसार जोकोभिच हाल मेलबर्नमा अस्थायी हिरासत सुविधामा रहेका छन् । उनले यस महिनाको अष्ट्रेलियन खुला टेनिस प्रतियिगिता (अस्ट्रेलियन ओपन) अघि आफ्नो प्रवेशाज्ञा रद्ध गर्ने विरुद्ध कानुनी चुनौती खडा गरेका छन्।

अष्ट्रेलियाका गृह मामिला मन्त्री करेन एन्ड्रयूजले “अन्तिम सुनुवाई बुधवार १२ जनवरी २०२२ मा स्थगित गरियोस्” भनि शनिबार एउटा अनुरोध दायर गरेका थिए ।

स्थगन अनुरोधको लागि कुनै कारणहरू उल्लेख गरिएको छैन, तर यो जोकोभिचको कानूनी टोलीले आफ्नो अस्थायी प्रवेशाज्ञा रद्ध गर्ने निर्णयको बिरूद्ध खेलाडीको प्रतिरक्षाको रूपरेखा प्रस्तुत गर्ने ३५ पृष्ठको कागजात पेश गरेको केही घण्टा पछि आएको हो ।

जोकोभिचलाई अस्ट्रेलियन खुला प्रतियोगिता अघि चिकित्सा छुट दिइएको थियो किनकि उनी भर्खरै कोविड-१९ बाट निको भएका थिए।

प्रतिक्रिया