आउनुस् आज बतासका कुरा गरौँ
रातो बाकसमा भित्रिने लाशका कुरा गरौँ
सरकारी सम्पत्तिले माफिया पोस्ने
तपाईँकै नेता खासका कुरा गरौँ
जता भेट्यो त्यतै जग्गा हडप्दा पनि
तैँ चुप मैं चुप दलदासका कुरा गरौँ
देश चुसेर जुका जस्तै बनेर पनि
कहिल्यै नपुग्ने सुकेनाशका कुरा गरौँ
ओम्नी,यति,बतास अझै कत्ति हो कत्ति
दिनैपिच्छे देश सत्यानाशका कुरा गरौँ !
प्रतिक्रिया