पुस २७ गते सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान नदिए,हामी चुप लागेर बस्दैनौ (भिडियो सहित)

इनेप्लिज २०७८ पुष २३ गते १०:५३ मा प्रकाशित

पृथ्वीनारायण शाहको जन्म वि सं १७७९ पुस २७ गते भएको हो । स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए। तर अहिले गणतन्त्रमा पृथ्वीनारायण शाहको महत्व अलि कम भको हो कि भन्ने प्रश्न उठ्न थालेका छन।

किनभने नेपाल गणतन्त्रमा धर्म निरपेछ भएको छ,अब यहाँ लोसार, इद , कृसमस आदी चाडमा सार्वजनिक बिदा दिइन थालिएको छ तर पुस २७ का दिन सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएर उनले दिएको योगदानको छलफल गरेर सम्मान गर्न बिर्सेको भान हुन्छ भनेर सिद्दपुरी अभियानका अध्यक्ष तथा रापप्राका नेता सकुल शाह बताउछन बाकी हेरौ भिडियो

प्रतिक्रिया