आज धनबहादुरलाई छिमेकीको घरमा बिहेमा नाच्नका लागि निम्तो आएको छ।त्यसैले ऊ बिहानै देखि मेकअप गर्दै,लामो नक्कली कपाल लगाउछ,अनि रातो सितारा भरेको सारी चोलो लगाएर आइमाई झैँ बनेर छिमेकीको घरमा नाच्नका लागि जान्छ ऊ। दिनभर खुशी हुदै नाचेर सबैलाई मनोरन्जन दिए पछि आफ्नो पारिश्रमिक लिएर घर फर्किन्छ।निकै थाकेको हुनाले लुगै नफेरी खाटमा दंग्रंग पल्टिन्छ ऊ।
हो तिनलाई बच्चै देखि छोरीको लुगा लगाउने,नाच्ने, मेकअप गर्ने इछ्या हुनाले ठुलो भएपछि पनि कहिले आफ्नै छिमेकीको घरमा भोज हुदा,कहिले ठाउँ ठाउमा प्रोग्राम हुदा आइमाई बनेर नाच्न जान्छ ऊ।उसकी कान्छी छोरीलाई पनि नाच्न गाउन खुब मनपर्ने हुनाले उसले आफ्नी छोरीलाई पनि संगै नाच्न सिकाउन थालेका थिए।पढाई लाई पनि यथावत् राखी तिनको चाहना अनुसार नाचगानमा पनि तिनलाई सपोर्ट गर्न थाले र समय समयमा छोरीलाई पनि गाउघरमा नाच गानका लागि संगै लान थाले।तिनलाई पहिले त् गाउलेले नानाथरी भन्थे “आफु मात्रै केटि बनेर नाचेर पुगेन,छोरीलाई पनि नचाउन थाले” भनेर तर त्यस्ता कुराहरुले धनबहादुर लाई केहि असर पार्दैन थियो।उनि भन्थे “आफुले कसैको केहि बिगारेको छैन क्यारे,कसैसंग धातेर,चोरेर,ठगेर खाएको छैन।आफ्नो इछ्याले आफ्नो शिपको प्रयोग गरेर,मिहेनत गरेर खाएको छ,हामीलाई अरुले जे सुकै भनोस् मतलब छैन।” कहिले काही त् नाचेर फर्किदा बाटोमा कसै कसैले धनबहादुरलाई दुर्ब्यबहार पनि गर्थे।त्यतिखेर छोरीले आफ्ना बाबाको सपोर्टमा उठी उल्टै उनीहरुसंग लड्थे।त्यतिखेर कोहि कोहि असल गाउलेले “छोरी भनेको यस्तो पो हुनुपर्छ” भनेर तिनलाई स्याबासी दिन्थे।
आजकल धनबहादुर कि कान्छी छोरी दिउसो कलेज जान्छिन् अनि साझ पख कुनै रेस्टुरामा गीत गाउने काममा जान्छिन्।तिनको गीत गाउने कला देखेर ठाउँ ठाउँ बाट तिनलाई गीत गाउने काम को लागि अफर आउँछ साथै तिनले राम्रो पारिश्रमिक पनि पाउने गरेको छ।आफ्नो इछ्यालाई पनि पुरा गर्न पाएको र परिवारलाई पनि आर्थिक रुपले मद्धत गर्न पाएकीमा खुशी छिन् तिनी।धनबहादुर र तिनकी श्रीमती पनि छोरीले गीत गाउनुको साथै पढाई लाई पनि निरन्तरता दिई रहेकीले दंग नै छन्।
धनबहादुरले एक अक्षर पनि पढेको छैन।पहिले देखि नै उसलाई बाहिरको काम भन्दा घर भित्रको घरधन्दा गर्न मै रुचि छ तसर्थ ऊ खाना बनाउने,लुगा धुने जस्ता काम गर्छन भने उसकी श्रीमती केहि पढेलेखेकी हुनुको साथै निडर र मिहेनती पनि छिन्।तिनलाई बाहिरको काम गर्ने मन छ तसर्थ तिनी बाहिरको काम गर्छिन्।तिनलाई गाउघरमा कसैलाई समस्या परेमा बोलाउछ्न अनि तिनी गई समस्या समाधान पनि गर्छिन्।तिनी दयालु र सहयोगी शोभाबको हुनाले गाउलेहरुलाई आर्थिक सहयोग,सल्लाह,सुझाब दिन पनि पछि हट्दिनन्।
गाउलेहरुले धनबहादुरलाई कहिले ‘जोइतिङ्ग्रे’ भन्छन भने कहिले “ऊ स्वास्नी,उसको स्वास्नी लोग्ने” पनि भनेर जिस्काउछन तर उ भन्छ “मलाई जसरी स्वतन्त्रता मनपर्छ,त्यसैगरी तिनलाई जे गर्न मनलाग्छ त्यो गर्नमा स्वतन्त्रता दिनुपर्छ।स्वास्नीमान्छेले घरको काम गर्नुहुन्छ भने लोग्ने मान्छेले किन गर्नुहुदैन? त्यस्तै लोग्नेमान्छेले बाहिरको काम गर्नुहुन्छ भने स्वास्नीमान्छे ले किन हुँदैन?” भनेर उल्टै प्रश्न गर्छ ऊ।आफ्नो स्वतन्त्रतामा आफु खुशी भए जस्तै तिनको स्वतन्त्रतालाई पनि आफुले कदर गर्नुपर्छ भन्ने धनबहादुरको बिचारधारा छ।अनपढ धनबहादुरको त्यो विचारधारा एउटा अन्धबिस्वासी समाजमा रहेको गाउ घरको लागि पक्कै पनि सानो कुरा होइन्।
हुन् त् उनीहरुको अतितको जिबन गरिबीले घेरेको,अभाब,अनि समाजको अपहेलना, तिरस्कारले भरिएको थियो। ति सबै कुरालाई सहदै आफ्नै मिहेनत र परिश्रमले प्रगति गरेको त्यो परिवार अहिले त्यहि आफुहरुलाई हेला गर्ने समाजलाई आर्थिक सहयोग, सल्लाह, सुझाब दिन सक्षम भएको छ। त्यो समाजको लागि धनबहादुर र उसको श्रीमतीको ठूलो योगदान हो त्यो।
धनबहादुरलाई सानो छदा आमा बाबा नभएको हुनाले कसैले पालेको थियो।त्यो पाल्ने व्यक्तिको छोरासंग उसको राम्रो मित्रता बसेको भएता पनि धनबहादुर हिन्दु उसको साथी मुस्लिम हुनाले गाउलेले टिक्नै नदिएकोले दुवै जनाले त्यो गाउ छोडेको थियो। पछि फेरि गाउलेले नै बोलाएकोले त्यो गाउमा फर्केको थियो। यसबाट पनि के देखिन्छ भने धनबहादुर अनपढ भए पनि जातिपाति,छुवाछुतको बिरुद्धमा उठ्न सक्ने एक निडर व्यक्ति देखिन्छ।साथै यसले मित्रतालाई कुनै धर्म, जातिपाती अनि छुवाछुतले छुदैन भन्ने पनि उदाहरण दिएको छ।बस् हामी सबै एक मानब हौ त्यो बाहेक केहि होइनौ।
धनबहादुरको ठुली छोरीको बिहे भैसकेको छ तर तिनको पतिको तिनी माथिको यातना,दुर्ब्यबहार ले गर्दा तिनलाई पनि जबसम्म तिनको पति सुध्रिदैन माइती घरमा राख्छु भनेर राखेको छ धनबहादुरले,जुन अहिले पनि कतिपय पढेलेखेका सम्पन्न परिवारले पनि गर्न सकेका छैनन्।बिबाह भैसकेको छोरीलाई समाजको लान्छनाको डरले जतिसुकै यातनाहरु सहनुपरे पनि लोग्नेको घरमै बस्न बाध्य पारिन्छ,जसको परिणाम स्वरुप कतिपय छोरी चेलीहरुले लोग्नेको घरमा अनेकौ मानसिक र शाररिक यातना मात्रै सहनु परेको नभई ज्यान नै गुमाउनु परेको खबरहरु पनि देख्न र सुन्नमा आइनै रहन्छ।अहिले उनीहरुको ति छोरीले माइतीमै बसेर भए पनि आफ्नो कलेजको पढाई सकाएर आमा बाबाको काममा सघाउनुको साथै स्कुलमा पनि पढाउने काम गरेकी छिन्।
हाम्रो जस्तो अन्धबिश्वासी समाजमा हुर्केर पनि, एक अक्षर नपढेर पनि, आफ्नो अतित अभाब, दुख अनि समाजको तिरस्कार, अनेकौ लान्छना,अपहेलनाहरुमा गुज्रिए पनि आफ्नो विचारधारामा अडिक रहन सक्ने धनबहादुरको जस्तो विचारधारा सबै पढेलेखेकाहरुमा पनि हुदैन होला।धनबहादुरको जस्तो बिचार धाराले अबश्य पनि हाम्रो जस्तो अन्धविश्वासी समाजलाई केहि मात्रामा भए नि परिबर्तन गर्न महत्वपूर्ण भूमिका खेल्छ नै।
धनबहादुरलाई केटि बनेर नाच्ने चाहना हुदा हुदै पनि कसै कसैले उनलाई हेप्ने,गिज्याउने,यौन दुर्ब्यबहार गर्ने जस्ता क्रियाकलापले गर्दा आफ्नो प्रकृतिलाई आफ्नो परिवारले स्विकारे पनि उ अब आफ्ना छोरीहरुको भविष्यलाई प्रभाब पार्ला भन्ने डरले केटि बनेर नाच्ने पेशालाई छोडेर बरु आफुहरुले गरिआएको पशुपालन ब्यबसायलाई नै बढी ध्यान दिएर निरन्तरता दिई आफ्नो र परिवारको जिबिका चलाउने बिचार गर्दछ।
अहिले उसको परिवारका सबै सदस्यहरु मिहेनती हुनाले उनीहरुको एउटा सानो सुन्दर घर,केहि जग्गा,केहि पशुपन्छी अनि एउटा ट्याक्टर पनि छ।सबै भन्दा ठूलो कुरो त उनीहरुले गाउलेहरुलाई गरेको सहयोग, सल्लाह सुझाबहरुले गर्दा गाउलेहरुको पनि जिबनमा राम्रो परिबर्तन आएको छ,जसले गर्दा गाउमा उनीहरुले माया, सम्मान र खुशी पाएको छ।
अनि मुसुक्क हास्दै भन्छ धनबहादुर “ईश्वरको कृपाले, अनि म र मेरो परिवारको मिहेनतले,मेरो परिवारका सबै सदस्यहरु सबै संगै बसेर एउतै भान्छा कोठामा जे पाकेको छ,मीठो मसिनो खान पाएकै छ। अरु मलाई के नै चाहिन्छ र !” यस्तै छ।
(नेपालको एक गाउघरको सत्य कथामा आधारित।)
यो लेख यू टुब मा प्रकाशित हेर्ने कथा अन्तर्गत एक पासवान परिवारको कथा बाट प्रभावित भएर लेखेको सत्य कथामा आधारित लेख हो। यु टुब भिडियो यहाँ छ:
प्रतिक्रिया