सबै जातजातिका भाषा संरक्षण गर्नु पर्छ–मन्त्री यादव

इनेप्लिज २०७८ पुष २१ गते २२:३९ मा प्रकाशित


विराटनगर,२१ पुस।प्रदेश १ नं का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजातीका भाषा संरक्षण गर्नुपर्ने बताउनु भएको छ।

भाषा आयोगद्धारा घोषित प्रादेशिक भाषा मैथली र लिम्वु सम्वन्धि आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले मातृभाषा हराउँदै गएकोले यसको संरक्षणमा जोड दिनु भयो।

मन्त्री यादवले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त्त गर्नुहुदै मातृभाषाको संरक्षण हुन नसके विस्तारै हराएर जाने धारणा राख्नु भयो।

सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले पनि सवै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको थियो।

विराटनगरका मैथली र लिम्वु भाषिक संस्थाहरुद्वारा आयोजित उक्त कार्यक्रम ध्रव सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सामाजिक विकास मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

 

प्रतिक्रिया