सुवर्णको ‘म’ मा नरेनको ‘इन्ट्री’

इनेप्लिज २०७८ पुष १९ गते १४:१२ मा प्रकाशित

काठमाडौं,१९ पुष-पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन्।सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन्।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो।कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन।अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखिनै सुटिङ थालीएको छ।

कान्तिपुर फिल्म एकेडेमीका सिइयो प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ,निशा अधिकारी,सरोज खनाल,सरिता लामीछाने,रुविना थापा,प्रमोद अग्रहरि,निराजन प्रधानलगायतको अभिनय छ।बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन्।

‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन्।हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन्।

 

प्रतिक्रिया