रिमाको शब्द, मेघा र केभिनको स्वरमा ‘म त तिम्रै हूँ’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ पुष १९ गते १३:५९ मा प्रकाशित

 

काठमाण्डौ -अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘म त तिम्रै हूँ’ सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर  गायिका मेघा श्रेष्ठ र गायक  केभिन ग्लान तामाङको रहेको छ।सुजिल कर्माचार्यको गीतमा संगीत संयोजन रहेको छ।म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

दिपक राज सुनारले छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो। कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’  मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया