काठमाडाैँ,टुक्का साहित्य समाजकाे आयाेजनामा सञ्चालन भएकाे प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम २०७८ पाैष १७ गते शनिवार सम्पन्न भएकाे छ।लघुत्तम नवकाव्यिक विधा “टुक्का कविता” ओैपचारीक रुपमा शुरुवात भएकाे एक बर्ष पुरा भएकाे अवसरमा (१५, १६ र १७) ३ दिने प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम आयाेजना गरिएकाे थियाे।प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम अन्तर्गत पहिलाे दिन पाैष १५ गते टुक्का कार्यशाला गाेष्ठी,दाेस्राे दिन शुभकामना टुक्का लेखन अभ्यास र तेस्राे दिन शुभकामना आदानप्रदान कार्यक्रम गरिएकाे थियाे।
टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंकाे अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएकाे थियाे।भर्च्युअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा टुक्का वाचन तथा शुभकामना आदानप्रदान गरिएकाे थियाे।अपरान्ह ४ बजे देखि करिब ७ बजेसम्म सञ्चालन भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा.देवी पन्थी,विशिष्ट अतिथिहरू डा.घनश्याम परिश्रमी तथा तिला लेकाली,अतिथिहरू अरुण नदी खत्री,साेमनाथ लुइटेल रवि,सुशीला पाैडेल लगायत टुक्का साहित्य समाजका पदाधिकारीहरू,टुक्का अभियन्ताहरू तथा टुक्का सर्जकहरूकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रममा अध्यक्ष चापागाईले टुक्काकाे ऐतिहासिक वार्षिक प्रगति विवरण तथा आ गामी कार्ययाेजनाहरू प्रस्तुत गर्नुकाे साथै टुक्का साहित्य समाजका सल्लाहकार तथा पदाधिकारीहरू,टुक्का अभियन्ताहर,देश विदेशमा रहनु भएका टुक्काकारहरू,टुक्का प्रेमीहरू,साहित्यकारहरू,पत्रकारहरू,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टुक्काकाे उन्नयनमा सहयाेग पुर्याउनु हुने विभिन्न संघ संस्थाहरू लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि डा.देवी पन्थी ले लघुत्तम नवकाव्यिक विधा टुक्का हालकाे व्यस्त समयकाे सदुपयाेग गर्दै छाेटाे समयमा लेख्न र पढ्न सकिने समय सापेक्षिक नव काव्यिक विधा भएकाेले यसकाे संरक्षण र उन्नयनमा विशेष पहल गर्नु पर्ने भन्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।विशिष्ट अतिथि डा.घनश्याम परिश्रमीले काव्यमा नयाँ प्रयाेगकाे रुपमा रहेकाे टुक्का २ हरफ अर्थात एकै झट्कामा चाेटिलाे प्रहार गर्ने क्षमता बाेकेकाे लघुत्तम नवकाव्यिक विधाकाे रुपमा विकास भएकाेमा प्रथम वार्षिक उत्सव मनाउन पाउँदा हार्सित भएकाे भन्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।विशिष्ट अतिथि बरिष्ठ साहित्यकार तिला लेकाली ले नेपाली साहित्य मा देखा परेका लघुत्तम नव काव्यिक विधाहरू मध्ये अलि फरक शैलीकाे प्रयाेग भएकाे टुक्का २ हरफमा नै पूर्ण हुने हुँदा कम समयमा नै लेख्न र पढ्न सकिनुकाे साथै गेयात्मक पनि भएकाे कारण टुक्काकाे भविष्य राम्राे भएकाे भन्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।त्यसै गरि अतिथिहरू अरुण नदी खत्री, सुशीला पाैडेल लगायतले टुक्का वाचन तथा प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।कार्यक्रमकाे सञ्चालन टुक्का अभियन्ताद्वय भगवती दवाडी तथा दुर्गा अाचार्यले गर्नु भएकाे थियाे।
प्रतिक्रिया