एनआरएनए अध्यक्ष कुमार पन्तको आक्रोश : संघमाथि सरकारको हस्तक्षेप गलत थियो, एक महिनाभित्र चुनाव हुन्छ (भिडिओसहित)

इनेप्लिज २०७८ पुष १७ गते २१:५४ मा प्रकाशित

काठमाडौं,१७ पुष । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सरकारले संघमाथि गरेको हस्तक्षेप गलत रहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

विश्वभरि छरिएर रहेका नेपालीहरु मिलेर बस्न चाहेको भन्दै सरकारले उनीहरुको बीचमा फाटो ल्याउने काम नगरोस भन्ने पन्तको भनाई छ।उनले कतै सरकारले अमुक व्यक्तिलाई संघको नेतृत्वमा ल्याउनको लागि त यो कदम चालेको होईन ? भनेर पनि अहिले गैरआवासीय नेपालीहरुले प्रश्न उठाएको सुनाए।

उनले भने-“सरकारको संघ कब्जा गर्ने चाहना थियो होला, चाहना नभएको भए त यस्तो कदम चाल्दैन थियो होला,संघले त आफ्नो काम गरिरहेको थियो, निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, निर्वाचन समितिले पनि काम गरिरहेको थियो, यसलाई रोक्नुहोस, यसलाई पख्नुहोस भन्नुको मतलव त केही न केही त हिँडेन स्वार्थ छ, केही न केही चाहन्छ सरकार, अमुक मान्छेलाई पो जिताउन लाग्यो सरकार भनेर साथीहरुले शंका गर्नुभयो।” पन्तले राजनीतिक पार्टीलाई संघभित्र निषेध नै रहेको टिप्पणी गरे।

प्रतिक्रिया