नव गायिका प्रज्ञा अधिकारी र लोकप्रिय गायक तथा संगीतकार नरहरी प्रेमीको ‘तिमिलाई नै सम्झिरहन्छु ‘ सार्वजनिक !

इनेप्लिज २०७८ पुष १७ गते ११:४९ मा प्रकाशित

अत्यन्तै आशालाग्दी नवप्रतिभा प्रज्ञा अधिकारी यहि गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । नरहरि प्रेमीको संगीत अनि पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकशैलीको भाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बजार व्यवस्थापन भने श्रुति संगीत विद्यालयले गरेको छ ।

Narahari Premee Youtube Channel मार्फत प्रस्तुत यो Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्नेहोभने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द संगीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने संकेत देखिन्छ ।

संगीतका सबैखाले विधामा उत्तिकै सिपालु गायक तथा संगीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केहि पृथकता दिने प्रयास गरेका छन् । अर्कोकुरा गायक गायिकाको घाँटीलाई इन्चिटेपले नापे जसरी संगीत सिर्जना गर्न माहिर प्रेमीको खुबी यो गीमा पनि टड्कारो रुपमा झल्किन्छ । जसका कारण दुवै पृथक स्वरको स्वभाव अनुसारले गीतको धुनमा पनि पृथकता दिने प्रयास छर्लङ्ग हुन्छ र यहि विशेषताले गीत गायन सहज रुपले बगेको देखिन्छ ।

नेपाली संगीत वृतका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी , मनिष गन्धर्वका सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपेजसरी काम गरेको छ ।

पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो , नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका संगीत गुरु नरहरि प्रेमीको आफ्नी नवचेलीसँगको तिमीलाई नै सम्झिरहन्छु नेपाली संगीत जगतको नौलो दस्तावेज हुनेमा ढुक्क हुन सकिन्छ । समाजसेवी व्यक्तित्व तारा अधिकारीद्वारा तयार पारिएको यस गीतकी गायिका प्रज्ञा अधिकारी आफ्नो सुमधुर स्वरलाई अझै
निखार्दै सबैको मनमा बस्न सकून । गीतसँग सम्बन्धित सबैलाई धेरै धेरै शुभकामना ।

प्रतिक्रिया