गजलः पोखरा

-मित्र उराठी गौतम अमरपुर-गुल्मी,हालःतिलोत्तमा न.पा.-२,रुपन्देही २०७८ पुष १५ गते १८:०९ मा प्रकाशित

धेरै पछि आज खुल्यो पोखरा ।
अनुपम सौन्दर्य लिइ फुल्यो पोखरा ।।

वर्षापछिको पारीलो घाममा ,
आनन्दले मस्त झुल्यो पोखरा ।।

स्वदेशी,विदेशी पाहुनाहरुको ,
स्वागतमा रमाउँदै भुल्यो पोखरा ।।

सातताल,मन्दिर अनि गुफा चहार्दै,
मैदान,पहाड,हिमाल सम्म डुल्यो पोखरा ।।

धेरै पछि आज खुल्यो पोखरा ।
अनुपम सौन्दर्य लिइ फुल्यो पोखरा ।।

-मित्र उराठी गौतम
अमरपुर-गुल्मी, हालःतिलोत्तमा न.पा. -२,रुपन्देही

 

प्रतिक्रिया