लघुकथा मित्रता

रेणु गुप्ता २०७८ पुष १४ गते १६:१८ मा प्रकाशित

प्रभा अति मिलनसार र सुन्दर गाउँले केटी थिइन्।उच्च शिक्षा अध्ययनको लागि जेनतेन गरेर उनी पहिलोपल्ट शहरमा आएकी थिइन्।शहरिया वातावरणमा घुलमिल हुन अप्ठ्यारो परिरहेको थियो।आधुनिक पोशाक,रंगीबिरंगी कपाल,कस्तो कस्तो पाउडर र अनेक फेशन आदिले नछोएकोले होला आफूलाई शहरिया भनाउने साथीहरुसँग उनको त्यति हेलमेल हुन सकेन।प्रायःजसो कक्षामा सबै साथीहरुले उनलाई हेला गर्दथे।

अचानक एक दिन उनको एक सहपाठीलाई सञ्चो हुदैन।अस्पताल पुर्याएको खबर सुनिन्।बिरामी परेको साथीले कहिल्यै मन नपराउने भए पनि कक्षाको साथी भनेर हेर्न अस्पताल गइन्।साथीलाई रगत तत्काल चाहिएको डाक्टरले बताए।

त्यहाँ धेरै जना थिए।धेरैको रगत परीक्षण भयो तर कसैको मिलेन।प्रभाको रगत म्याच गर्या।तत्काल एक प्रिन्ट रगत दिइन्।प्रभाको रगतमा कुनै रोग थिएन,मनमा कुनै खोट थिएन।बाहिरी सुन्दरताको खोजी भित्री मनले कहिल्यै नगर्ने शुद्ध गाउँकी आत्मा थिइन्।

सहपाठीको ज्यान जोगियो।हेपिएको रगतले ज्यान जोगिएपछि बिरामी साथीलाई हुनसम्म आत्मग्लानी भयो।प्रभालाई द्रुब्यबहार र हेला गर्नेहरु लज्जित भए।
क्याम्पसमा प्रभाको सम्मान बढ्यो।बढेन उनमा घमन्ड।

 

रेणु गुप्ता

रौतहट

प्रतिक्रिया