कोरोनाविरुद्धको फाइजर खोप स्थगीत

इनेप्लिज २०७८ पुष १३ गते ११:२४ मा प्रकाशित

काठमाडौं।सरकारले आजदेखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको फाइजर खोप अभियान केही दिनका लागि स्थगित भएको छ।खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सुइ आउन ढिलो हुने भएका कारण खोप अभियान स्थगित गरिएको स्वास्थ्य सेवा।

विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए । आठदस दिनभित्रैमा खोप अभियान सुरु हुने उनको भनाइ छ।

सरकारले विदेश जाने तयारीमा रहेका व्यक्तिलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोनसनको खोप दिन सुरु गरेको छ।यो खोप एक मात्रा मात्र लगाए पुग्छ।अहिलेसम्म कुनै पनि प्रकारको खोप नलगाएका र विदेश जान लागेकाहरुलाई यो खोप दिन सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल,बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर जोनसन खोप लगाउन सकिनेछ।मन्त्रालयले खोप लगाउन जाँदा राहदानी र भिसा अनिवार्य लिएर जानुपर्ने जनाएको छ ।

प्रतिक्रिया