संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’(झु न्डी देहत्याग) ले भएको छ। शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा.आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन्।पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन्।शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ।शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झु न्डि’एको अवस्थामा फेला परेको थियो।
श्रीमती नआएसम्म शव फेला परेको क्वाटरलाई सि’ल गरिएको थियो।
श्रीमती पुगेपछि झु ‘न्डि’एको अवस्थामा रहेको शवलाई झा’रेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो। यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्रतिष्पर्धामा नाम निकालेका थिए । क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नियुक्ति पाए ।
एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन् ।
प्रतिक्रिया