भियतनामका दुई दाजुभाईले एक अर्काको टाउकोमा सन्तुलित पार्दै १०० वटा सिँढी चढ्दै बिश्व कीर्तिमान गरेका छन । भियतनामी एक्रोब्याट(कलाबाज )क्रीडाचक्र(सर्कस )का एक जोडीले आफ्नो टाउकोमा सन्तुलित राखेर स्पनेली क्याथेड्रल(प्रधान गिर्जाघर) बाहिर रहेको १०० वटा सिँढी चढेर गिनिज वल्र्ड रेकर्डमा पुन: दावी गरेका छन् ।
सर्कस (क्रीडाचक्र)प्रदर्शन गर्ने दाजुभाइहरू ३७ बर्षिय जियांग क्युओक र ३२ बर्षिय जियाङ्ग क्यूओक घिएपले गिरोनाको सेन्ट म्यारी प्रधान गिर्जाघरको बाहिर १०० वटा सिँढी चढेर एक व्यक्तिको टाउकोमा सन्तुलन राख्दै लगातार सबैभन्दा धेरै सिँढी चढ्ने गिनिज वल्र्ड रेकर्ड (किर्तिमान )तोडेका छन्।
दाजुभाईहरूले भने कि कार्यक्रम आयोजकहरूले कार्यक्रमको लागि १० वटा थप सीढीहरू निर्माण गर्नुपर्यो, किनकि क्याथेड्रलमा ९० वटा मात्र थिए ।
“नयाँ पाइलाहरूमा अवस्थित ९० वटा पाइलाहरूको तुलनामा फरक उचाई र फरक सामग्री छ। हामीले यी १० पाइलाहरूमा अग्रिम अभ्यास गर्ने मौका पाएका छैनौं,” संचारकर्मीलाई भने ।
“हामीले हाम्रो अनुभव प्रयोग गर्यौं, स्थिर स्वास फेर्ने र खुट्टाको दर र एक मध्यम गतिलाई सफलतापूर्वक अन्तिम रेखामा पुग्नको लागि कायम राख्यौं।”
दाजुभाइहरूले मात्र ५३ सेकेन्डमा उपलब्धि हासिल गरे भनि युपिआइले समाचार लेखेको छ ।
जियाङ्गसले यस अघि २०१६ मा पनि त्यही गिर्जाघरको ९० वटा सिँढी चढेर यस्तै कीर्तिमान बनाएका थिए। २०१८ मा पेरुका कलाबाज (एक्रोब्याट्स) पाब्लो नोनाटो पान्डुरो र जोएल याइकेट सावेद्राले ९१ सिँढी चढ्दा उनीहरूको रेकर्ड तोडिएको थियो।
प्रतिक्रिया