काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ।गत महिनाबाट प्रशारणमा आएको शो को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो।
कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन्।नायीका निरुता सिंह,आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपीशोडमा कमेडियन बले अर्थात सागर लम्साल र कक्रोज अर्थात हरिश निरौला गेष्ट तथा निर्णायकको रुपमा देखिने छन्।मुन्द्रेको कमेडि क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षीत रहेको थियो।
प्रतिक्रिया