काठमाण्डौं ।
नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो।
चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ।उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’,गौरव पहाडी, निता ढुङ्गाना ,कृषा गुरुङ,शिशिर वाङदेल,बुद्धि तामाङ,रविन्द्र झा,रजनी गुरुङ,अनुप याक्सो,रमा लिम्बु , लक्षु शर्मा,प्रकाश शर्माको अभिनय रहने छ।राजु किरातीको द्वन्द्व,सुजन बडाल सम्पादन,विक्रम डिसीको छायाँकन,राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ।चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ।चलचित्रलाई फागुन २७ गते प्रर्दशन गरिने भएको छ।
प्रतिक्रिया