टोरोन्टो,क्यानेडियन नेवाः गुठिले नेपाल सम्बत ११४२ को “यःमरि पुन्हि तथा नारायण गोपाल स्मृति सांझ” बिबिध कार्यक्रम सहित भर्च्युयल रुपमा हालै सम्पन्न गरेको छ।कार्यक्रमको उदघाटन गुठीका अध्यक्ष प्रकाश प्रधानले कलात्मक नेवाः त्वादेवामा दीप प्रज्वलन तथा भगवान गणेशको चरणमा यःमरि अर्पण गरि गर्नु भएको थियो।उदघाटन पछि मन्तब्य ब्यक्त गर्नु हुदै उहाँले गुठी द्वारा आयोजना गर्दै आएका बिभिन्न कार्यक्रमहरु सबैको समुपस्थितिमा गर्ने चाहना भएतापनि कोरोनाको कारणले भर्च्युयल रुपमा गर्न परेको बताउनु भयो।स्वागत मन्तब्य दिनु हुन्दै गुठीका सचिब सुमन राजबंशीले उपस्थित सबैलाई स्वागत गर्नु हुदै गुथिको कार्यक्रमलाई सफल पार्न अझ बढि सहभागिताको अपेक्षा गर्नु भयो।
स्वागत मन्तब्य पस्चात रंजना तथा अमर सैन्जु दम्पतिले यःमरि पुन्हि को प्रसिद्द लोक धून सिटार तथा ताल बाजामा प्रस्तुत गर्नु भयो।त्यसपछि गुठीका युबा समितिका आयुश्ना श्रेष्ठ तथा अबिस श्रेष्ठले यःमरि पुन्हि को ईतिहास,महत्व र बर्तमान समसामयिकता बारेको प्रस्तुति प्रस्तुत गरेका थिए भने यःमरि बनाउने तरिका बारे डा.शर्मिला प्रधान,डा.प्रज्वल प्रधान,रायना श्रेष्ठ,सर्बज्ञ श्रेष्ठ लगायतले यःमरि बनाएर देखाएका थिए।
कार्यक्रमलाई रोचक बनाउन र सूचना प्रबाह गर्ने उद्देश्यले गुथिका उपाध्यक्ष उत्तम माकजुले यःमरि र सो पर्ब बारे सामुहिक हाजिरि जवाफ संचालन गरेका थिए जस्मा यःमरि पुन्हिको बाताबरण,स्वास्थ्य,पौष्टिकता संगको सामिप्यता बारे प्रश्नहरु सोधिएका थिए।साथै उहाँले नेवाः परम्परा अनुसार को प्रणय दिबस ” मतिना पारु” यःमरि पुन्हिको भोलि पल्टको दिन परापूर्बकालदेखि मनाउदै आएकोमा हाल ओझेलमा परि पश्चिमा सभ्यताको भ्यलेन्टाइन डे ले स्थान लिएकोमा चिन्ता ब्यक्त गर्नु भयो।
सो कार्यक्रम पछि सहभागि सबैले यःमरि माग्न जाने बेलामा गाइने “त्यछिं त्यो बकछिं त्यो लातापाता कुलिंचां जुसिं त्यो” गाइएको थियो।त्यसपछि गुथिका सास्कृतिक सचिब सुरेन्द्रलाल श्रेष्ठले सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै अर्को बर्ष पक्कै पनि सबै जना उपस्थित भएर यःमरि पुन्हि मनाउन पाउने आशा ब्यक्त गर्नु भयो।
कार्यक्रमको दोश्रो चरणमा स्वर सम्राट नारायण गोपालको स्मृतिमा स्थानिय कलाकारहरुले उहां द्वारा गाइएका कालजयी लोक तथा आधुनिक गीतहरुको साथै नेपालभाषाका गीत प्रस्तुत गरि श्रद्दा सुमन अर्पण गरिएको थियो।कार्यक्रमको शुरुमा स्वर सम्राट नारायण गोपाल को जिबनी बारे प्रकाश पार्नु हुदै गुठीका कार्यसमिति सदश्य डा.प्रज्वल प्रधानले उहाँ गायन संगीतको अलाबा बुद्दिचाल,फूटबल,पाककला एबम प्रशासनमा पनि उत्तिकै पोख्त रहेको बताउनु भयो।कार्यक्रममा सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै गुठीका महासचिब बिमल श्रेष्ठले गुठीका आगामी कार्यक्रमहरु बारे पनि जानकारी दिनु भयो।गुठीका जन सम्पर्क संयोजक मिली राजभण्डारीले संचालन गर्नु भएको सो कार्यक्रममा उहाँले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
प्रतिक्रिया