काठमाडाै।चिट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीले शिक्षक माथि निर्घात कुटपीट गरेका छन्।क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन।
कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको जानकारी दिए ।
शिक्षक माथि नै कुटपीट भएपछि क्याम्पसले मंगलबारको परीक्षा स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया