काठमाडौं।लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत बिर्सु कसरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ।गायक गिरीको स्वरमा तयार भएको गीतमा गायक गिरी र सागर थापाको शब्द शृजना रहेको छ।
गायक गिरीकै संगीत तथा संगीत संयोजन रहेको गीतमा पछिल्लो समयकी सुन्दरी मोडल रोशनी कार्कीको सशक्त अभिनय देख्न सकिन्छ ।
अभिनयमा रोशनीलाई अर्का ह्याण्डसम मोडल सागर थापा थ्रुबले साथ दिएका छन्।प्रेम रोमान्स र विरहलाई कलात्मक शैलिमा तयार पारिएको गीतको भिडियोको छायांकन काठमाडौँ र काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको हो।
बिबेक बिकको छायांकन, कलर, सम्पादन र निर्देशन रहेको भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो।हेर्नुहोस् भिडियो
प्रतिक्रिया