सुनिता दुलाल र प्रताप दासको स्वरमा “मायाको डोरी” उकालो लाग्दै (भिडियो सहित)

इनेप्लिज २०७८ पुष ३ गते १६:०४ मा प्रकाशित

 

काठमाण्डौ पौष ३ – सिन्धुपाल्चोकमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका सुनिता दुलाल जिल्लाकै शान बनेकी छिन् ।उनि गीत संगीत कै माध्याम बाट विभिन्न मुलुकका सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने मध्य व्यस्तता भित्र पर्दछिन्।गायिका सुनिताले व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकता राखेर कयौं गीतहरु बजारमा ल्याईसकेकी छिन् सोहि क्रम अन्तर्गत उनको पछिल्लो प्रस्तुति “मायाको डोरी” अहिले बजारमा लोकप्रिय बनिरहेको छ।

लोक स्टार लगाएतका विभिन्न सांस्कृतिक कार्यक्रममा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी उनको पछिल्लो गीतमा प्रताप दाशको पनि मिश्रण स्वर सुन्न सकिन्छ । लोक दोहोरीको स्वादमा साबजनिक भएको प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना बबिता बानियाँ जेरी ले भरेकी हुन् । सर्जक बबिता प्रत्यक्ष दोहोरीकी नामी कलाकार समेत हुन्।

“मायाको डोरी” बोलको गीतको म्युजिक भिडियो पनि निकै तामझामका साथ तयार पारिएको छ । भिडियोमा पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको आकर्षक अभिनय देख्न सकिन्छ । शंख्यात्मक भन्दा गुणस्तरियता लाई ध्यानमा राख्ने सुनिताको यस गीतलाई तयार पार्न अडियो तथा भिडियोमा कुनै कोणबाट कन्चुसाइ गरिएको छैन । काजिश श्रेष्ठ द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलाई सुनिता दुलाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया