विराटनगर,२ पुस।मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ।
वर्षेनी बर्षातको समयमा खोलामा आउने बाढीको कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ।खोलाको पूर्व र पश्चिम तथा दक्षिण तर्फबाट तीव्र गतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट,कङ्क्रिट ब्लक र ढुङ्गा सहितको तारजाली लगाउनु पर्ने आवश्यकता देखिएको छ।बुढी खोलाको नहरको संरचना १६५ मिटरको एक्वाडक्ट कम ब्रिज हो।
यदि यो संरचना नदी कटानको कारणले भत्कियो भने मोरङमा रहेका नौ वटै शाखा नहरहरु छुरछुरिया शाखा,हरिनगरा शाखा,विराटनगर शाखा,वरियाती शाखा,नयाँपट्टी शाखा,आम झोडा शाखा, रञ्जनी शाखा, चिस्याङ शाखा र झमनपुर शाखामा आश्रित कृषकहरु सिँचाईबाट बञ्चित हुने अवस्था सिर्जना हुन्छ।
तीन वर्ष पहिले २०७४ सालमा मोरङको लोहन्द्राखोला स्थित नरहको संरचनालाई बाढीले बगाएपछि छ वटा शाखामा आश्रित किसान आकाशे पानीको भरमा खेती गर्न बाध्यतालाई मोरङ सिँचाइ आयोजनाले समाधान गरिसकेको छ।यो योजना सम्पत्र गर्न आयोजनाले मूल्यअभिवृद्धि कर सहित रु.२९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाई भत्केको नहरको काम सम्पत्र गरी नहरसँगै जोडिएर बनाइने पुलको काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो।
बुढी खोलामा अहिलेको जस्तै कटान लोहन्द्रा खोलामा पनि देखिएको थियो तर आवश्यक बजेटको अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगाएको थियो।यस्तै स्थिति बुढी खोलामा आउन नदिन तत्काल संरचना सुरक्षा एवं मर्मतमा बजेट विनियोजन गर्नु पर्ने प्रमुख यादवले बताउनुभयो।उहाँले भत्रुभयो,‘समस्या छ बजेट छैन,सिँचाई जस्तो सम्वेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधान तर्फ लाग्नु पर्ने हो।’
कुनै कारणले यो संरचना भत्कियो भने मोरङमा आयोजनाबाट सिँचित हुने २८ हजार अर्थात ४२ हजार विघा खेतमा सिँचाई गर्न समस्या हुने आयोजनाका इन्जिनियर नित्यानन्द झाले बताउनुभयो।
आयोजनाका संरचना अध्ययन एवं निरीक्षण गर्न आउनु भएका सिँचाइ विभागका महानिर्देशक सुरेश आचार्यले बुढी खोला स्थितको नहरको संरचना जोखिममा छ, यसलाई समयमै बनाउन सकियो भने धेरै ठूलो आर्थिक भारबाट जोगिन सकिने कुरामा जोड दिनुभयो।उहाँले आयोजनाका धेरै संरचनाहरु पुरानो भइसकेको छ, विभागले आयोजनाको मुहान चतरा देखि नहरको अन्तिम सीमासँग संरचनाहरुको विषयमा अध्ययन गरेर तत्कालीन र दीर्घकालीन बजेट सहितको योजना बनाउनुको विकल्प छैन भत्रुभयो।
विभागकै उपमहानिर्देशक कुष्णप्रसाद नेपालले मुलुकको आर्थिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सिँचाईको संरचनालाई बचाउनु राज्यको दायित्व हो भन्दै यसलाई समयमै सम्बोधन गर्नु आवश्यक छ भत्रुभयो।
प्रतिक्रिया