करिब एक दर्जन कलाकारको अभिनयमा उद्धबको “ढुकुरको गुँड” सार्बजनिक (भिडियो सहित)

इनेप्लिज २०७८ पुष २ गते ११:०३ मा प्रकाशित

काठमाण्डौ पौष ०२-जन्म स्थान दोलखा भएका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका खाई नखाई आफ्नो समर्पण त्याग गरिरहेका छन्।उनले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्।गायक तथा सर्जक उद्धब ब्यवसायिकता भन्दा संदैब आफ्नो पनको रोजाइमा हुन्छन्।आफ्नो शेखा पछी पनि आउने पिंडीहरुले लोक तथा दोहोरी गीत संगीतको मौलिक स्वादबाट बन्चित हुन नपरोस् भन्ने उनको धारणा रहेको छ।

उनी उद्धबको पछिल्लो गीत “ढुकुरको गुँड” भर्खरै सार्बजनिक गरिएको छ।अहिलेको अवस्थामा कुनै पनि सिर्जना पस्किए पछी त्यसको स्थारीयता मुख्य ख्याल गर्नु पर्ने स्थति रहेको छ।हिजो जस्तो आज छैन।सबैले गुणस्तर बुझ्ने भैसकेका छन ।त्यसैले पनि माथि उल्लेखित गीतको सबै संयोजन मझ्बुद बनेको छ।अडियो देखि भिडियो सम्म पनि गायक तथा सर्जक उद्धबले निर्माण गर्दा कुनै कन्चुसाई गरेका छैनन् । उनि भन्छन्, “बरु बर्षमा एउटा गीत ल्याउँछु।

“ढुकुरको गुँड” बोलको भाकालाई लय उद्धब घिमिरे ले नै तयार पारेका हुन् भने शब्द अमृत खातीको रहेको छ।प्रस्तुत गीतमा उद्धब घिमिरे,अमृत खाती,रचना रिमाल र लक्ष्मी स्यांगतानको स्वर सुन्न सकिन्छ साथै सामुहिक स्वरमा रामकृष्ण थापा,कुमार सानु पुन,मनु दाहाल शोभा पाण्डे लगाएतको रहेको छ।यस गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी, संचिता बोलाखे,कृष्ण कुँवर, शिवन घिमिरे,सोपनिल सोडारी, शिला गजुरेल, सिर्जना रोका, बिमला सुनुवार जानुका लगुन, मनोज श्रेष्ठ,अनिश खड्का र गुडिया सुनुवारको आकर्षक अभिनय देख्न सकिन्छ।

खमेश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन प्रवेश पोख्रेल र सम्पादन मित्रदेव गुरुङ्गले गरेका छन्।गीतको अडियो तथा भिडियोलाई उद्धब घिमिरे आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

प्रतिक्रिया