काठमाडौ।काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ।
महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो।थापाले लोकप्रिय मत ३०२३ ल्याएर विजयी भएका हुन भने शर्माले १९८४मत पाएर विजयी भए।
थापा डा.शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्नु भएको हो भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका थिए।यसैगरी सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका डा.प्रकाशशरण महतले १५५० मत प्राप्त गर्नुभएको छ भने प्रदीप पौडेलले १४०९ मत ल्याएर चौथो बन्नु भएको छ।कोइराला पक्षबाटै उम्मेदवारी दिएका डा.मीनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका राजाराम कार्कीले १०७ मत ल्याएका छन।
सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ।सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन। गत सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो।कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको हो।
कांग्रेस विधानमा महाधिवेशनबाट २ जना महामन्त्री निर्वाचित हुने प्रावधान छ।सभापति उपसभापति र महामन्त्रीको नतिजा आएसँगै अब सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणन हुनेछ।मतगणना ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको हो।सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
प्रतिक्रिया