अध्यावधिक : २ हजार ६ सय मत गनिसक्दा देउवाको अग्रता कायमै

इनेप्लिज २०७८ मंसिर २८ गते १:४४ मा प्रकाशित

पछिल्लो अध्यावधिक अनुसार सभापति पदको लागि अहिले सम्म २ हजार ६ सय मत गनिसक्दा देउवाले १ हजार २ सय २५ मत पाएका छन् । त्यस्तै सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले ९ सय ८० र प्रकाशमान सिंहले २ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले १ सय ६२ मत प्राप्त गर्दा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।

निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि मध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

प्रतिक्रिया