रचना,संगीत,तथा स्वर कार्यक्रमको दोश्रो श्रृङ्खला सम्पन्न

इनेप्लिज २०७८ मंसिर २७ गते २३:०८ मा प्रकाशित

 

मंसिर २६,२०७८ तदनुसार डिसेम्वर १२,२०२१ शनिवारका स्रस्टा साँझ अमेरिकाको रचना,संगीत तथा स्वर कार्यक्रम सम्पन्न भयो।नेपाली समय साँझ आठबजे र अमेरिकाको सेण्ट्रल टाइम नौबजे कार्यक्रम शुरू भएको थियो।स्रस्टा द्धय गीतकार प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल तथा संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको आतिथ्यमा कार्यक्रम भएको थियो।

स्रस्टा साँझ अमेरिकाको रचना संगीत तथा स्वरकार्यक्रमको दोश्रो सृङ्खला,सहजकर्ता द्वय सुरेन उप्रेती तथा सुनिता बस्नेत थापाले संचालन गर्नु भएको थियो। रचना संगीत तथा स्वर कार्यक्रमको प्रथम श्रृङ्खलाका अतिथिहरू रचनाकार राधाकृष्ण काफ्ले,संगीतकार नारायण ओली, तथा गायक रविन शर्मा (राजेन्द्रप्रसाद शर्मा)लाई सम्झना गरेर कार्यक्रम शुरूभएको थियो।स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दिक्षितको प्रविधि संयोजनमा कार्यक्रम भएको थियो।कार्यक्रममा अतिथि द्वयलाई शब्दचित्र र विम्वचित्रहरूले परिचय गराइएको थियो।आफ्ना अतितका स्मरणबोकेका बिम्वहरू प्रस्तुत हुँदा विगतका पलहरूलाई संम्झिएर श्रष्टाद्वयले पुराना यादहरूले सुखद अनुभूति भएको सुनाउनु भयो।

कथा विधाबाट आफ्नो लेखनको प्रारम्भ गर्नु भएका अर्थविद्ध प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्यालले नेपाली सँगीत क्षेत्रमा कालजयी गीतहरू दिनु भएको छ। डाक्टर प्याकुर्यालको पहिलो गीत “छाती भरिका माया आँखा भरिका कुरा सबै मानुला”लाई नेत्र बिनोद श्रेष्ठ द्वारा गाइएको थियो।सो गीतको परिवेश बारेमा डाक्टर प्याकुर्यालले चर्चा गर्नु भयो।

त्यस्तै गरी हजारौ लोकपृयगीतमा संगीत गर्नु भएका शम्भुजीत बाँस्कोटाले बिभिन्न हिन्दी गीतहरूमा समेत संगीत दिनु भएको छ।उहाँले संगीत भरेका गीतहरूको परिवेश र भारतिय गायकगायिकाहरूलाई नेपाली गीत गाउँन सिकाउँदाको शुद्ध नेपाली उचारण गराएको स्मरण गर्नु भयो।

नेपाली संगीतक्षेत्रका धरोहर स्वर सम्राट नारायण गोपालको बार्षिक पुण्यतिथिको अवसरमा संचालित “सम्झनामा नारायण गोपाल” कार्यक्रममा नारायण गोपालका बिविध पक्षको बारेमा चर्चा भएको थियो।नारायण गोपाल स्वर्णिम साँझका परिकल्पनाकार मध्यका डाक्टर प्याकुर्याल र शम्भुजीत बाँस्कोटाले नारायण गोपालसँगका स्मरणिय पलहरूको चर्चा गर्न भयो।“तिमीले भनेका सारा देव छोएर “ भन्ने चर्चित गीतका रचनाकार डाक्टर प्याकुरेल र सो गीतका संगीतकार शम्भुजीत बास्स्कोटाले त्यो गीतको रचना र संगीतको परिवेश बारेमा चर्चा गर्नु भयो।नारायणगोपालले पटकपटकको प्रयाश पछी रेकर्ड भएको गीतका ऐतिहाँसिक पलको बारेमा चर्चा भए।गीतकार संगीतकार तथा गायक समेत रहनु भएका बास्कोटाले बिभिन्न गीतहरू गाएर सुनाउनु भएको थियो।स्रस्टा साँझ अमेरिकाको फेसबुकबाट प्रत्यक्ष प्रसारण भएको सो कार्यक्रममासंसारकाका बिभिन्न ठाउँबाट गीतकार संगीतकार गायक र संगीत प्रेमीहरूले कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई जिवन्त बनाउनु भएको थियो।सुभकामनाहरू र जिज्ञासाहरू राख्नु भएको थियो।विचबिचमा श्रोताहरूलाई राखेको प्रश्नहरूमा उत्तर पठाउनु भएको थियो।

एउटा सुन्दर गीत तयार हुनमा रचनाकार संगीतकार र गायकको उत्तिकै अपरिहार्य योगदान हुन्छ।तर रचनाकार र संगीतकारको पहिचानहराउने र गायक गाइकाहरूमात्र परिचित हुने प्रबृति थियो।अब झन नायक नायिकाले गायक गाइकालाई समेत विस्थापित गराएको अवस्थाछ।यो अन्याय पूर्ण अवस्थाबाट रचनाकार,संगीतकार र गायकलाई कसरी परिचित गराउन सकिन्छ भन्ने उधेश्यले शुरू भएको हो कार्यक्र भन्दै सन्चालक द्वयले प्रकाश पार्नु भयो । नेपालमा कपीराइटको कडा ब्यवस्थापन हुनु पर्ने र स्रस्टालाई परिचित गराएमा मात्र स्रस्टालाई न्याय हुन्छ।यसका लागि सबैले पहल गर्नु पर्ने कुरामा अतिथि द्वयले आफ्ना विचारहरू राख्नु भयो । सरकारी तवरबाट पनि यसका लागि पहल हुन पर्नेमा ऐक्यमत रह्यो।

स्रस्टा साँझ अमेरिकाको रचना संगीत तथा स्वरकार्यक्रम महिनामा एकपटकन हुने कार्यक्रम रहेको छ।यसको तेश्रो श्रृखलामा रचनाकार लिलु गुरूङ र उहाँका गीत सँग सम्बन्धित व्यक्तित्वको उपस्थितमा हुनेकुरा सहजकर्ता सुनिता बस्नेत थापाले जानकारी गराउँनु भयो।कार्यक्रमको सफलाका लागि सहयोग गर्नु हुने प्रकाश सायमी,ज्ञानेन्द्र गदाल,राजेन्द्र शलभ,राजकुमार बगर,नारायण ओलीलाई धन्यवाद दिनु भयो।कार्यक्रमको अन्त्यमा स्रस्टा साँझ अमेरिकाका संस्थापक प्राध्यापक प्रभात दिक्षितले कार्यक्रममा उपस्थित श्रद्देय स्रस्टाहरू र देशदेशान्तरबाट हेर्नु हुने सबैलाई धन्यवाद दिनुभयो।कार्यक्रममा भएका अन्तरक्रियाले धेरै इतिहाँसका गर्भका कुराहरू जनमानसमा ल्याएको कुरा बताउनु भयो।सन्चालक द्वयको मेहनतले कार्यक्रमलाई सफल बनाएकोमा धन्यबाद दिनु भयो।

प्रतिक्रिया