प्रशिसको मायामा रोमान्टिक बनिन् उषा

इनेप्लिज २०७८ मंसिर २७ गते १०:५५ मा प्रकाशित

 

काठमाडौँ।गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक भएको छ।डा.कृष्णहरी बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजना छ।स्वर्गिय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो।

गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ।भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ।भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ।

विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन्।प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ।

 

प्रतिक्रिया