गीतकार तथा संगीत ब्यवसायी पौडेल सम्मानित

इनेप्लिज २०८२ जेठ ४ गते ४:१६ मा प्रकाशित

काठमाडौंँ । गीतकार तथा संगीत ब्यवसायी शिवराज पौडेल ‘छायाँछवि संगीत ब्यवसायी’ सम्मानबाट सम्मानित भएका छन् । गीतसंगीतको क्षेत्रमा उनले पुर्याएको उल्लेखनिय योगदानको कदर गर्दै उनलाई १६ औं डि सिने अवार्डमा यो सम्मान प्रदान गरिएको हो । चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी, अभिनेत्री बसुन्धरा भुषाल, चैतेदेवी सिंह लगायतले उनलाई दोसल्ला, खादा र सम्मान पत्रले सम्मान गरे ।

झन्डै २ दशकदेखि नेपाली गीतसंगीतमा क्षेत्रमा सक्रिय उनी पशुपति म्युजिक प्रालीका संचालक पनि हुन् । पशुपति म्युजिबाट एक हजार बढी गीतसंगीत बाहिर आएका छन् । उनले एकदर्जन बढी गीतमा शब्द समेत कोरेका छन् । संगीत तथा चलचित्र उत्पादक समाज नेपालको संस्थापक सचिव समेत रहेका उनीसँग विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव पनि छ । भवानी शंकर र वद्रीमाया पौडेलका छोरा उनी २०३७ मा नवलपरासिमा जन्मिएका हुन् ।

प्रतिक्रिया