माओत्से ,रामहरी र अशिमा अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ मंसिर २६ गते १७:३२ मा प्रकाशित

२६ मंसिर,पोखरा।चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन्।रामहरी खड्काको शब्दरचना,निरोज लामाको संगीत,स्वर र एरेन्ज रहेको गीत ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ ,रामहरी खड्का,अशिमा बस्नेतको अभिनय रहेको छ।

शनिबार पोखरामा एक कार्यक्रम गरी ‘दोधारे’ भिडियोलाइ सार्वजनिक गरिएको थियो,धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ।भिडियोमा माओत्से,रामहरी ,अशिमाको अलवा बिबेक गुरुङ,क्रिष्टी गुरुङ र सुर्य सुनुवारको पनि अभिनय रहेको छ।

सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा  छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्न लायक छ जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी,सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन रहेको छ।भिडियोलाई रोनिस एण्ड ड्याड  ( RONIS & DAD)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया