कथा : टिकटकमा हराएकी उनी !

दिपक पन्त २०७८ मंसिर २६ गते १४:४६ मा प्रकाशित

त्यो रात निकै छट्पटीमा बिताएको थियो उसले । सँगै जिउने । सँगै मर्ने कसम खाएकी आफ्नो प्रेमी उनी अर्थात जानकी उच्च शिक्षाको लागि अमेरिका उडेकी थिइन् ।

कोभिडको कारण देखाउदै सुरक्षाकर्मीले एयरपोर्टको गेटबाटै भित्र पस्न मनाही गरे पछि जानकीले मधुरो अनुहार सहित बिदाइका हातहरु हल्लाए कि थिइन् । पुग्ने बित्तिकै खबर गर्ने,अनि सेटल हुने बित्तिकै अजयको कागजात मिलाएर उतै झिकाउने बाचामा उनीहरु छुट्टिएका थिए।

हुन् पनि जानकीको भिसा नलागुन्जेल अजयले के सहयोग गरेन र ? फर्म भर्न देखि टोफल ,जि.आर.इ, तयारी गर्दा होस् या संगै इष्टिच्युटमा लाग्ने खर्च देखि ट्राभल डकुमेण्ट सम्मको खर्च सहयोग गर्नुका साथै हरेक पल जानकीको इच्छा ,आकांक्षामा सारथि बनेकी थियो । सपनाको संसार अमेरिका उड्ने सपनामा जानकी जति उद्देलित थिइ उसका हरेक पाइलामा अजयको साथ थियो ।

अमेरिका आएको पहिलो महिना सम्म त जानकी अजयको सम्पर्क मै थिई । हरेक रात सुत्नु अघिर बिहान बाहिर निस्कनु अघि अजयसँग कि त कुरा गर्थी कि त मेसेज गर्थी । कहिलेकाँही त रात धेरै बित्यो I अब सुत तिमी भनेर जानकीलाई अजयले सम्झाउनु पर्थ्यो ।

हरेक रात सुत्नु अघिर बिहान बाहिर निस्कनु अघि अजयसँग कि त कुरा गर्थी कि त मेसेज गर्थी 

समय बित्दै गयो । आज जानकी अमेरिका आएको पनि दश महिना पुरा भएछ । अजय र जानकीको सम्बन्धको दुरी पनि उनी हरुको भूगोलको दुरी जस्तै टाढा भै सकेको छ ।

अमेरिका आएको दोस्रो महिना देखि नै पातलिन थालेको उनी हरुको सम्बन्ध चौथो महिना देखि तपूर्ण रुपमा पूर्ण बिराम लागि सकेको थियो ।

अमेरिकी समयको गति सँगै जानकी पूर्ण रुपमा बदली सकेकी थिइ । अमेरिकी स्वप्न नगरीको जब पर्दा खुल्न थाल्यो I तब बिस्तारै बिस्तारै उसले अजयको पर्दा बन्द गर्न थालेकी थिइ । पछिल्लो दुइ महिना देखि त जानकी सम्पर्क बिहिन भएकी थिइ ।

त्यस भन्दा पहिलेको महिनामा पनि कहिले आज कामले थकाइ लागेको छ । सुत्छु ,भन्दै तर्किन्थी भने कहिले भोली कलेज सबेरै जानु छ भनि कुराको बिट मार्थी । साच्चै भनौ भने ,तेस्रो महिनादेखि नै अजय सँगको हिमचिम पातलिदै गएको थियो ।

यता अजय जीवनको गति पनि आफ्नै पारामा चलिरहेको थियो । कोभिडको कारण उसले कामगरि रहेको कारखाना धेरै लामो समय सम्म चल्न सकेन ।कारखाना बन्द भयो । रोजगारी गुम्यो । शहरको महँगो खर्च धान्न नसक्ने अवस्था आयो । अजय गाउँ तिर फर्क्यो । शहरमा हुदाँ घरबेटीले शेयर गरिदिएको वाई -फाइको सहाराले जानकीको गति बिधि निहाल्थ्यो ।फेसबुक , मेसेन्जरमा ।

अजयसँग बात मार्न छोडेपनि ,जानकीका फेसबुक वालमा सजिएका आकृतिहरु हेरेर मुस्कुराउथ्यो । शायद मेरै लागि बिजी होला । मेरै डकुमेन्ट बनाउनको लागि काममा दौडिरहेकी होला । अजय कल्पना गर्थ्यो । अमेरिका अबसरको मुलुक हो भन्ने सुनेको । त्यसैले लाग्थ्यो,उसलाई त्यहि अवसर समात्न ,ऊ दौडी रहिछ ।

तै पनि सँगै जिउने र मर्ने कसम खाएर छुट्टिएकी जानकीले के कति कारणले अजय सँगको सम्बन्धमा दुरी बनाइन् ऊ बेखबर थियो ।

उता ,अमेरिका पुगे पछि पनि जीवन यात्राका पलहरु झन् बोझिको र अत्यास लाग्दो महसुस गरीजानकीले । सोचे जस्तो, कल्पे जस्तो, स्वप्निम नगरी होइन रहेछ अमेरिका भन्ने बल्ल बुझी । अझशुरुआति दिनहरुमा सेटल नहुदाँ सम्म गर्नु पर्ने अन्तर संघर्षका कुराहरु सिनियरहरु बाट सुने पछि झन् बेचैनी बढेको थियो ।

यस्तैमा एक दिन कलेजको लाइब्रेरीमा जानकीको भेट एक थाई युवती संग भयो । एसियन टोन रआफ्नै गाउँ घरको जनजाति युवती जस्तै देखिने ति युवती मारिया थिइन् ।

मारियाको लवाइ ,हिडाई देख्दा ऊ अध्यायन को लागि आएको बिद्यार्थी भन्दानी एक मोड्लिन गर्ने युवती जस्तै देखिन्थि ।

जानकीलाई कसैको साथ चाहियको थियो भने मारियालाई साथी । हप्ता दिन भरमा नै मारिया रजानकी अभिन्न मित्र भै सकेका थिए । आफ्ना जीवनका अन्तरंग सम्बन्ध देखि निजी पारिवारिककुराहरु समेत एक आपसमा शेयर गरी सकेका थिए ।

मारियाको भड्किलो जीवनको राज जब जानकीले बुज्दै गईन् । त्यति बेला देखि नै त्यसरी नै पैसा कमाउने र आनन्दित खर्चिलो जीवन जिउने सपना देख्न थाली जानकीले ।

त्यति बेला देखि नै त्यसरी नै पैसा कमाउने र आनन्दित खर्चिलो जीवन जिउने सपना देख्न थाली जानकीले 

बिगतमा के गरी ? के गरिन ? तर हिजो आज मारियाको पैसा कमाउने जागिर भने नि ,काम भने नि टिकटक भएको छ । बिहान ५ बजे देखि रातको दुइ बजे सम्म मोबाइल वा आइप्याडको स्क्रिनमा चिच्याउनु उसको दैनिकी बनेको छ ।

“यो देशको अब भबिश्य कता जान्छ खै ? म त त्यति राम्रो अबस्था देख्दिन ह ” हुक्काको धुँवा फाल्दै काफ्ले बा’ले भने । संगै लहरमा बसेको जगते माइलाले मुन्टो हल्लायो ।

गाउँको चिया पसलमा भर्खर चियाको गिलास समातेको अजयले भन्यो “ हैन काफ्लेकाका यत्राराजनैतिक दलहरुक नेताहरु जनता कै लागि काम गरिरहेका दाबी गर्छन त , सबै पार्टीहरुकोअधिबेशन नि चलिरहेछ ? “

सबै आफ्नै स्वार्थमा तल्लिन छन् बाबु I देश र जनताको लागि गर्ने कोही छैनन् । बुढाले निधारको रेखा खुम्चाउदै भने ।

यत्तिकैमा टोलका युवाहरु झुम्न झुमिरहेको कुनामा अजयको आँखा पर्यो । वा ! वा !! क्या च्वाँक ,केटी ! आइ लभ यु ! रमेशले भन्यो । यो त मेरो गर्ल फ्रेण्ड हो I शिवले भन्दै थियो । भर्खर कोरियाबाट बिदामा आएको दामुको मोबाइलबाट उनीहरु टिकटक हेरी रहेका थिए । “तेरी प्यार मे, मे दिवाना हुआ” गीतको बोलमा गरिएको अभिनय जेनी शर्माको नामबाट भाइरल भएको थियो ।

“ओ माइ गड हाउ सेक्सी ?” केटाहरुको मुखबाट एक्कासी ठुलो स्वर निस्कियो । चिया भट्टीका बूढाहरु अलमल्ल परे । अजयले मन थाम्न सकेन । बिस्तारै केटाहरुको भिड तिर लाग्यो । दामुलेल्याएको आइ फोन १३ प्रो म्याक्सबाट जेनीको भाइरल डान्स आइ रहेको थियो । अर्ध नग्नपहिरनमा छम्मा/छम्मामा नाचेकी जेनी लाइ नजिकबाट हेर्यो अजयले । कता ? कता ? चिनेजस्तो । देखे जस्तो ,लाग्यो । तर ठम्याउन सकेन । आइ डीमा टोलायो । आइडी थियो ।जेनि २०००. ।

दामु गाउको जुनियर भाइ थियो । उसको अगाडि धेरै कुरा खोल्न सकेन अजयले । एक किसिमको मनमा शंका र कौतुहलताको डेरा जमाएर घर फर्क्यो । घर आउदा बाटामा एनसेलको डाटा सर्भर किन्यो । सिधै वेड रुम तिर पस्यो । पलभर मानै उसले आफ्नो मोबाइलमा टिकटक एप्स डाउन लोड गर्यो ।

एप्लिकेशन डाउनलोड पच्चात आफ्नो एकाण्ट बनायो अजय तिमिल्सिना नामबाट । अनि तुरुन्तै हेर्न थाल्यो टिकटक भिडियोहरू ।

वा ! क्या रंगिन दुनियाँ रहेछ । टिकटक भित्र ! कोही कम्मर मर्काइ /मर्काइ नाचेका , कोहि गला फुट्ने गरि कराएका ,कोहि गाएका , कोहि खाएका , कोही लाएका , कोही सुतेका ,कोही उठेका रङ्ग बिरंग संसार पो रहेछ । यस भित्र त् ?

अझ अचम्मको कुरा के छ भने जसको स्वर नै छैन उ वा उनी नारायण गोपाल शैलीमा गाउने , हाँडी जस्तो कालो वा काली सुन्दर परी को अभिनय गर्ने ,सत्तरी /असी काटेका बुढा हरु कम्मर मर्काइ मर्काइ नाच्ने ?क्या गज्जब ! कति रोमान्चक !

हेर्दा हेर्दै अजय कसैको लाइभ मा प्रवेश गर्यो । लाइब गर्ने युवती चिच्याउदै थिइन् ट्याब ट्याब गर मेरो नाकामा ! उसले अर्थ बुझेन । टोलाई रह्यो । हेर्दै थियो त्यहाँ कत्तिले फूल फाले । कत्तिले लभ साइन फाले ।कत्तिले चस्मा फाले ।

लाइभ गर्ने युवती उन्मात हाँसोमा भन्दै थिइन् । आइ लभ यु मेरा प्राण प्याराहरू ! ल म गित गाउछु है भन्दै कर्णदासको यो कर्णप्रिय गीत उनि गुन गुनाउन थालिन् । तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न मन लाग्यो। ……. डरलाग्यो !!! हो हो !

लाइभ गर्ने युवती उन्मात हाँसोमा भन्दै थिइन् । आइ लभ यु मेरा प्राण प्याराहरू !

अजय झस्कियो मोबाइल बाट गाइ रहेकी युवतीलाई अझै नजिक बाट चिन्न खोज्यो ? कता कता उसको स्वर सधै सुनेको जस्तो लाग्यो । आइडी हेर्यो । उही केटी थिइ भर्खर दामुले देखाएको भिडियोको केटि जेनी २००० ।

अजय जेनिको पुराना पोस्ट हरुमा छिर्यो । जति जति जेनीले पोस्ट गरेका भिडियोहरु हेर्दै जान्छ । अजय ,अचम्मित पर्दै रोमाञ्चित हुदैँ जान्छ । कता कता अनुहार मिलेको, हाइट मिलेको, स्वर मिलेकोले ऊ जेनी लाइ आफ्नो प्रेमी जानकी हो भन्न खोज्छ तर सक्दैन् ।

पुन: जेनीको लाइभमा इन्ट्री हुन्छ । सयौं युवा हरुको धड्कन बनेकी जेनीको हाउ भाउमा केटा हरुले फुल उपहार लगातार फ्याकी रहेका हुन्छन् । प्रति उत्तरमा जेनीले धन्यबाद दिदै हातले चुप्पा खाइ रहेकी हुन्छे ।

मनमा कयौं कौतुहलता बीच उसले आफ्नो परिचय लुकाउन सकेन । उसलाई लाग्यो यो जेनी मेरै जानकी हो ।किन नाम फेरेकी होला यति छिट्टै ? तर कहिले काही फेरि सोच्थ्यो हैन ,हैन, जानकी त अलि काली थिइ ? अनि कपाल नि कालो थियो । जेनीको त आखाँ नि कुहिरो छ , कपाल नि खैरो अनि मान्छे नि गोरी ? यो होइन मेरो दृष्टि भ्रम मात्र हो अजय आफ्नो मनमनै बात मार्न थाल्यो । तै पनि मन भारी मन लिएर उसले कमेन्ट बक्समा लेख्यो । कति राम्री जानकी उर्फ जेनी । म तिम्रो अजय ।

कमेन्ट रिप्लाइको प्रतिक्षामा बस्यो अजय । तर जेनीले कुनै प्रतिकृया दिइन । ऊ भन्दा अघि र पछिका कमेन्ट हरुमा हाइ फाई गरि । क्षणभरमा नै कमेन्ट साउने भेल सरि आइ रहेका थिए।अजय कमेन्ट स्कोल अप भइ माथि सरि सकेको थियो ।

आफ्नो कमेन्टको उत्तर नपाए पनि पुन: कमेन्ट लेख्यो । सपनाको देश पुगेपछि हाम्रो सपना कसरी बिर्सियौ जानकी ?

प्रति उत्तर कुरेर बस्यो अजय तर प्रतिकृया आएन । ऊ निराश भयो । जेनी आफ्नै रंगमा कमेण्टरको प्रतिकृया दिइ रहेकी थिइ । निराश मन र आफ्नै मन भित्र उब्जिएका अनगिन्ति प्रश्नहरु बीच अजय घोत्लिरह्को थियो । जेनीको लाइभ रंगमंच चलि रहेको थियो । तर अजयको प्रश्नका जबाफहरु आएका थिएनन् । मनको आँखाले देखेको जानकीलाई जेनी मान्न अजय किमार्थ तयार भएन । आफैँ भित्र चिच्च्याई रह्यो । तिमी मेरी जानकी हौ । कसरी जेनी भयौ ?

अजयको मनको तार दोधारमा तरंगित भएकै अबस्थामा उसको ब्यालेन्स सकिएको कारण उसको इन्टरनेट चल्न छोड्यो । जेनीको बाटुलो अनुहार उसको मोबाइल को स्क्रिनमा टक्क अड्कियो । रोकिएको मोबाइल हातमा लिदै भित्ताको घडी हेर्यो अजयले । रातको १ बजी सकेको थियो ।

मध्य रात भइ सकेकोले गाउँका पसलहरु सबै बन्द भइ सकेको थियो । ब्यालेन्स रिचार्ज गर्ने अन्य कुनै बिकल्प थिएन । रात भर त्यहिँ टिकटकमा भेटिएकी जेनी मेरी जानकी हुन् वा होइनन् भन्ने दोधारमै रात छिचल्यो अजयले ।

बिहान उज्यालो हुने बित्तिकै गाउले हरु बेसी फाँटमा धान काट्न जान हल्ला /खल्ला गर्न थाले । झ्यालको खिट्की बाट आएको आवाजले अजयको निद्रा खुली सकेको थियो । फटाफट बाहिर निस्क्यो । नजिकैको पसलबाट रिचार्ज कार्ड ल्यायो अनि पुन: कोठामा पस्यो ।

रत्ति भर समय नफाली टिकटक भित्र पस्यो । जेनीको प्रोफाइल खोलि हेर्न थाल्यो । पुरानो भिडियो हेर्दै जाँदा एउटा फोटोमा अजय टक्क अडियो । त्यस भिडियोमा जेनीले लगाएको लुगा निहाली निहाली हेर्यो र निर्क्योल निकाल्यो । यी मेरी जानकी नै हुन् नो जेनी ! नो जेनी !! ऊ चिच्यायो !

ऊ कसरी बिर्सन सक्थ्यो ? त्यो दिन ? त्यो किन मेल ? जिन्दगीमा आफुले गरेको पहिलो कमाइ बाट प्रेमिका जानकीको लागि किनेको त्यो बुट्टे कुर्ता जसमा छातीमा पानको पातको मायालु बुट्टाले उसको प्रेम पस्किएको दिन । तर बिडम्बना जानकी कसरि र किन जेनी बनिन् ? ऊ अनु उत्तरित रह्यो ?

उनका फोटोहरू निहाल्दै संगै खेलेका मायाका खेलहरु सम्झन थाल्यो ।मुटु भरि सम्झनाका तरंगहरु भक्कानिन थाल्यो । समाल्दा समाल्दै परेली बाट सम्झनाका आशुका दानाहरु झर्न थाले । त्यसै समय उता जेनी लाइभ रहेको संकेत उसको मोबाइलले दिई सकेको थियो ।

त्यति बेला देखि नै त्यसरी नै पैसा कमाउने र आनन्दित खर्चिलो जीवन जिउने सपना देख्न थाली जानकीले 

हतार हतार गर्दै जेनीको लाइमा इन्ट्री गर्यो अजय । जेनी हाइ हल्लो भन्दै थिइ । बत्तीमा पुतली धुरीय जस्तै केटाहरु लाइभमा इन हुदै थिए । जेनी लाइभ आएको पल सेकेण्ड मै ५०० भिवर्स पुगी सकेको थियो । हुन् पनि केही समय अघि अलि “भल्गारिटि एक्पोज” हुने गरि पोष्टिंग गरिएको जेनीको भिडियो भाइरल भएको थियो । त्यस पछि उनको फलोअर्स व्हात्तै बढेर ३० के भएको थियो ।

सबै फलोअर्स आ- आफ्नै तरिकाले जेनीको प्रसंसा गर्न थाले । कोही हाई स्विटी ! कोही हाइ डार्लिंग ! कोही हाई हब्बी ! कोही हाई लभ यू भन्न थाले । त्यो देखेर आफ्नो माया बजारमा बेच्न राखिएको जस्तो आभास गर्यो अजयले । गरुङ्गो मन लिएर । मेसेज लेख्यो । डियर जानकी किन तिमी यसरी टाडा भइ जेनी बन्यौ ? म तिम्रो अजय । मलाइ चिनिनौ ?

म हिजो देखि तिमी लाई टिकटकमा हेरी रहेछु । तिमीले मलाइ मेसेन्जरमा कनट्याग गर्न छोडे पछि मलाइ लाग्थ्यो ,तिमी बिजी होलाउ । अन्जान शहरमा हाम्रौ सपना साकार गर्न तल्लिन हौला भनेर । तर तिमी त फुर्सदिलो रहेछौ । मध्य रात सम्म लाइभ च्याटिंग । अनि बिहान सबेरै फेरि लाइभ धन्य टिकटक । मान्नु पर्छ यो एप लाइ पनि कति क्रेजी बनाइ दिने रहेछ हगी ?

अजयले दोस्रो लाइन थप्दै लेख्यो । जनम जनम साथ निभाउने कसम खाने ? पिरती नि ,सहजै बिर्सने ? कस्तो एप हो यो ? उ प्रति उत्तरको प्रतिक्षामा थियो ।

तर बिडम्बना, उसको दोस्रो कमेन्ट सेन्ट गर्नु लगत्तै सेन्ट फेल भनेर इरर आयो ।लगत्तै मेसेज आयो होस्ट बल्क यु । अजयको आखाँ तिर्मिरायो । दिउसै रात परेको आभास भयो । बद्लिएको समय र जानकीको रुप देखेर आफ्नै जीवन प्रति टिट लाग्यो । मन मनै प्रश्न गर्यो । आखिर किन ? यति भ्रम ? यति माया ?

बिचरा अजयलाई के थाह ? टिकटकको रंगिन दुनियाँमा पसेकी जानकी उर्फ जेनी आफ्नो अतृप्त महत्वकांक्षाको भूतले सारा मानब सम्बेदनसिलता गुमाइ सकेकी थिइ । ऊ अब सजिब मनहरु सँग खेल्दा \खेल्दै आफ्नो मन निर्जीव बनाइ सकेकी थिइ ।

दीपक पन्त
मिल्वाकी ,अमेरिका

प्रतिक्रिया