मनोज दाहाल-विराटनगर,२६ मङ्सर।प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले आव २०७७।७८ बार्षिक प्रतिवेदन आज यहाँ वुझाइएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई मुख्य न्याधाधिवक्ता भोजराज श्रेष्ठले उक्त प्रतिवेदन वुझाउनु भएको हो।
मुख्य न्यायाधिवक्ताको काम,कर्तव्य,अधिकार र सेवाका अन्य शर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजित उक्त प्रतिवेदन वुझाइएको छ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै सङ्घीयता कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको छ भन्दै यसमा रहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई,मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठ र पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको उपस्थिति रहेको थियो।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आव २०७७÷७८ मा ४५ बटा मुद्दा दर्ता भएकोमा यस सोही वर्ष ३५ बटा फर्छौट हुनुका साथै आव २०७६।७७ को ४८ सहित ५८ मुद्धा फर्छौैट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया