काठमाडौ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन।आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गरेका हुन।
आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिको छलफल आयोजनना गरेको थियो।
छलफलमा बोल्दै सभापति देउवाले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका छन।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन्।त्यसैले मैले जित्नै पर्छ।मलाई जिताइदिनु होला।’,सभापति देउवाले भने, पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन्।मलाई जिताइदिनु होला।’
प्रतिक्रिया