आउदै गरेको ख्रिष्टमसको शुभकामना सहित इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर यशूको बर्णन गरिएको गीत ‘हामी सबै येशूको’ सार्वजनिक भएको छ।होसना चर्चको प्रस्तुती रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर,लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ।जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, बिना राउत ,सरोज प्रजा र उषा उप्रेतीको अभिनय र नृत्य रहेको छ।
रामजी लामिछानेको कोरियोग्राफी,निर्देशन,मनकृष्ण महर्जनको क्यामेरा र बन्दे प्रसाद शर्माको सम्पादन रहेको ‘हामी सबै येशूको’ भिडियोलाई राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो।होसना चर्चको प्रस्तुती रहेको भिडियोमा राजु सुन्दास,समिता सुन्दासआशिष महतो,माया लामा,राधा भट्टराई र रजनी थापा मगरको सयुक्त लगानीमा निर्माण गरिएको हो।
प्रतिक्रिया