काठमाडौं। चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ।आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ।
भिडियोमा उमेरले परिपक्क एक युवतीलाई मन पराउने र मिठा मिठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलीमा देखाइएको छ।मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन्।जसको निर्देशन शिशिर खातीले गरेका हुन्।शिशिर पछिल्लो समय फरक शैलीको भिडियो दिन माहिर निर्देशक मानिन्छन्।
प्रतिक्रिया