नेशन र ममताको आवाजमा ‘तिमी मेरो जीवनमा’ सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७८ मंसिर २४ गते ११:४४ मा प्रकाशित
भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ।सार्वजनिक उक्त गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ। नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका प्रतिस्पर्धी हुन्।गीतमा शब्द रचना अम्बिका गुरुङले गरेकी हुन्।शंकर थापा ‘स्माइल’को लय सिर्जना र सन्देश रुचालको सङ्गीत संयोजन गीतमा समावेश छ।
भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्।रोमान्टिक भाव बोकेको ‘तिमी मेरो जीवन’ को छायाङ्कन भने म्याग्दीको राखु भन्ने ठाउँमा गरिएको हो।भिडियोमा राखुका रमणीय दृश्यहरू कैद गरिएको छ । भिडियोमा निशल पौडेलको सिनेम्याटोग्राफी रहेको छ भने पोस्ट प्रोडक्सन र्याड स्टुडियोमा गरिएको हो।
सुधीर श्रेष्ठ र सुशीला थापा भिडियोमा फिचर्ड छन्।सुधीर अहिलेका म्युजिक भिडियोका व्यस्त मोडल हुन्।यता सुशीला थापा पनि भावसागर इन्टरटेन्मेन्ट कै प्रस्तुति रहेको गीत ‘कति माया गर्छौ’ बाट चर्चामा आएकी हुन्।सार्वजनिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ।

प्रतिक्रिया