काठमाडौँ।गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ढोकै खुलेनको भिडियो सार्वजनिक भएको छ।गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन्।
एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलिमा देखाइएको छ।जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ।
सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन्।सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई गायक सुवास पुरीले प्रस्तुत गरेका हुन्।गायक पुरीका कुरा काट्ने मान्छेले काटुन, मन बुढो भएन लगायतका गीतहरु चर्चित छन्।
प्रतिक्रिया