प्रमोदको खरेलको ‘यादहरूमा’ सुन्दरी साक्षी गज्जबसँग खुलिन्

इनेप्लिज २०७८ मंसिर २२ गते १:१० मा प्रकाशित

 

काठमाडौँ।चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत ‘यादहरूमा’को भिडियो सार्वजनिक भएको छ।गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको ‘यादहरूमा’को भिडियो शुक्रबार बजारमा आएको हो।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला ‘यादहरूमा’को भिडियो बजारमा ल्याएका हुन्।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी,प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन्।

सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ।विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।यसैबीच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ।

विबाहको मौसमलाई लक्षित गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन्।यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन्।

प्रतिक्रिया