यथास्थितिमा नेपाली काँग्रेस सबल र सक्षम हुन सक्दैन् : भरत खड्का (भिडिओसहित)

इनेप्लिज २०७८ मंसिर २२ गते ०:१९ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले पार्टीमा नेतृत्वले सबैलाई समेटेर साझा रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  हिजो (सोमबार) राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले नेपाली काँग्रेसलाई प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा संस्थागत् ढंगले चलाउनुपर्छ भन्ने मान्यता बोकेर आफुले नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेको जनाए ।

साथै,उनले नेपाली काँग्रेसको नेतृत्व परिवर्तन गर्ने अथवा नगर्ने भन्ने कुरा नेपाली काँग्रेसका आम नेता/कार्यकर्ताले निर्धारण गर्ने पनि बताए।‘अहिलेको अवस्थामा नेपाली जनता र कार्यकर्ताको चाहना के हो भने यो यथास्थितिको हिसाबमा नेपाली काँग्रेस सबल र सक्षम हुन सक्दैन’,उनले भने ।

प्रतिक्रिया