केही राजावादी नेताहरूमा मैं हुँ भन्ने प्रवृति,म भन्दा ठुलो कोही छैन भन्ने भावना,इर्ष्या र घमण्ड छ।राजा ज्ञानेन्द्र शाह,पारस शाह र हिमानी शाहलाई राजावादी हरुले नै धोका दिई राखेका छन।राजावादीहरुको कारण नै मुलुकबाट राजसंस्था गएको हो।मुलुकमा नक्कली राजावादीहरु धेरै छन ।राजावादीको नाममा नक्कली राजावादीहरुले राजालाई धोका दिई राखेका छन । मुलुकमा नाम मात्रको राजावादी पार्टीहरु र संगठनहरु छन।राजावादीको नाममा राजालाई धोका दिई राखेका छन।नाम मात्रको राजावादी पार्टीहरु र संगठनहरुले विक्रम सम्वत २०६२ साल देखि २०७८ साल मंसिर महिना आजसम्म राजसंस्थाको हकमा के के भुमिकाहरु निर्वाह गरे छर्लङ्ग भइसकेको छ।राजावादीको नाममा खाओवादीहरुको पार्टीहरु र संगठनहरु छन।मुलुकमा नाम मात्रको राजावादी पार्टीहरु र संगठनहरु छन।
प्रायःजसो राजावादी नेताहरूमा मैं हुँ भन्ने प्रवृति,म भन्दा ठुलो कोही छैन भन्ने भावना,इर्ष्या र घमण्ड बाहेक एक आपसमा मेलमिलाप कसैको छैन।सबैलाई ठुल ठुला पद र मान सम्मान चाहिएको छ।वास्तवमा भन्ने हो भने राजावादी पार्टीहरु र संगठनहरुको कमि कमजोरीको कारण नै राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउने परिस्थिति आएको हो।
राजावादीको नाम बाट जति पनि राजावादी पार्टीहरु र संगठनहरु छन एकढिक्का नहुनुमा दोषीहरु को को छन वास्तविक कार्यकर्ताहरुले बुझ्नुपर्ने हो।के नाम मात्रको राजावादी पार्टी र संगठन हो र ? राजावादीको नाममा संचालित जति पनि पार्टीहरु र संगठनहरु छन वास्तविक राजावादीहरु नै हुन कि होइन भन्ने प्रश्न चिन्ह समेत खडा भएको छ।आफुहरुलाई राजावादी भन्ने पदको लोभ लालचमा गणतान्त्रिक सरकार मा सामेल भएको देखिएको छ।हिन्दुहरुको नाममा हिन्दु धर्मलाई बेचिएको देखिएको छ।विक्रम सम्वत २०७२ सालको संविधानलाई उत्कृष्ट भन्ने हरु राजावादी कसरी हुन सक्छन ? राजावादीको नाममा वास्तविक राजावादीहरुलाई झुक्याएका छन।राजावादीको नाममा वास्तविक राजावादीहरुलाई झुक्याई भ्रममा पार्ने काम भइरहेको छ।
वास्तवमा राजावादीहरुको कारणले नै राजसंस्था गएको हो।
केही राजावादीहरु कस्ता छन ताक परे तिवारी नत्र गोतामे भने जस्ता अवसरवादी,स्वार्थी र बिकाउ जता खान पायो उतै ढल्किने सबैभन्दा घातक हुन्छन। आजको २१ शताब्दीको युगमा पनि केही राजावादीहरुमा इर्ष्या,घमण्ड र पुरानो सोच रहेको छ।ईर्ष्या,घमण्ड र पुरानो सोच भएका राजावादीहरुमा सुधार र परिवर्तन आउन जरुरी छ।
राजावादी संगठनहरु र पार्टीहरुमा एकताको कमी किन ? प्रायःजसो राजावादी संगठनहरु र पार्टीहरूमा एकता छैन किन ? राजावादी संगठनहरु र पार्टीहरु स-सानो टुक्राहरुमा विभाजित छन किन ? यसप्रकार सय वर्षमा पनि राजसंस्था फर्कन असम्भव छ।राजावादी संगठनहरु र पार्टीहरुलाई विभिन्न किसिमहरु बाट फोडने प्रयासहरु भइरहेको छ।राजावादी संगठनहरु र पार्टीहरू एकजुट हुन आवश्यक छ।
राजावादी संगठनहरु र पार्टीहरुमा भाँडभैलो छ।सबैलाई पद र मान सम्मान चाहिएको छ।सबैलाई अध्यक्ष,उपाध्यक्ष,सचिव,महामन्त्री र कोषाध्यक्ष बन्नुपरेको छ। राजावादीको नाममा राजा ज्ञानेन्द्र शाह,पारस शाह र हिमानी शाहलाई लाई धोका दिई राखेका छन।वास्तविक राजावादी हो भने पद त्याग गर्न पनि आवश्यक छ ।राजावादीको नाममा भ्रममा पार्ने हरुले नै राजसंस्थालाई विश्वासघात गरेको छ।वास्तविक राजावादी संगठनहरु र पार्टीहरु एकढिक्का र एकजुट हुन अत्यन्त आवश्यक रहेको छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया