अमेरिका निवासी संगीतकार सुरेशचन्द्र प्रधान सम्मानित

इनेप्लिज २०७८ मंसिर २० गते २२:३७ मा प्रकाशित

काठमाडौं मंसिर २१,अमेरिकाको कोलोराडोलाई कर्मथलो वनाएका लोकवाजाका संगीतकार सुरेशचन्द्र प्रधानलाई लोकवाजा संग्रहालयले काठमाडौंमाआयोजित एक समारोहवीच “ लाईफ टाइम एचिभमेण्ट एवार्ड” ले लम्मानित गरेको छ।

उनी विशेषतःनेपाली परम्परागत मुचुङ्गा तथा बिनायोका वरिष्ठ बादक हुन्। उनले अमेरिका आउनु अघि स्वर सम्राट नारायण गोपालका गीतहरूमा मुर्चुंगा तथा विनायो वजाउने गर्दथे।

हाल कोलोराडोवासी प्रधान पिता स्वर्गीय यज्ञ बहादुर प्रधान र माता पदम कुमारी प्रधानको जेष्ठ सुपुत्रको रुपमा काठमाडौंमा जन्मेका हुन्।उनका पिता कुशल तवला वादक थिए।यसैकारण सानैमा स्कूले जीवनदेखिनै उनले संगीत क्षेत्रमा रूची राखेका थिए।

कुशल गायक तथा संगीतकार प्रधानले गीतहरुमा मुचुङ्गा तथा बिनायो बजाउनुका साथै दोलखा भाषाको लोकप्रिय गीत कालिन्चोकयचिमाल सोन आफनै स्वर संगीतमा चर्चित गायिका नलिना चित्रकारसँग गाएका थिए।

यो सम्मान ग्रहण गरेपछि उनले संगीत क्षेत्रमा अझ जिम्मेवार भएर लाग्न प्रेरित गरेको बताए।

प्रतिक्रिया