‘सप्तरङ्ग–३’को घोषणा, महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

इनेप्लिज २०७८ मंसिर २० गते ११:१० मा प्रकाशित

सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ।सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ।‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो।पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो।कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ।काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर,२८ मा चितवन,पुस १ मा नेपालगन्ज,३ मा सुर्खेत,५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल,गायक बद्री पङ्गेनी,प्रमोद खरेल,रामकृष्ण ढकाल,अनिल सिंह,हास्य कलाकार सन्दीप छेत्री,राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन्।

विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत सिङ्गो देश र विदेशमा रही आएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ।नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति,धर्म,भाषा र भेसभुसालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रस्टाएको छ।

पहिलो र दोस्रो संस्करणले सात प्रदेश बिचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो।यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिनेछ।यसै गरी कार्यक्रमको होस्ट निता प्रधान,विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन्।

प्रतिक्रिया